गलकोटमा मोटरसाइकल दुर्घटनामा घाइते युवाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बुधबार दिउसो गलकोट नगरपालिका नम्बर ३ हटिया बजार मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाईते भएका एक युवाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाईते भएका गलकोट नगरपालिका वडा नम्बर का २२ वर्षीय अर्जुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

नेपालीलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याउँदा अस्पातालले मृत घोषणा गरेको थियो ।

परिवारले अहिलेनै गलकोट लैजाने भने पनि बाटो पहिरोले अवरुद्ध भएका कारण पोस्टमार्टम गरेर भोली मात्रै गलकोट लैजाने रेग्मीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *