तरुण नेता श्रीसद्वारा जन्मदिनमा पहिरो पीडितलाई राहत

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल बागलुङ क्षेत्र नम्बर १ का सभापति एवम् हिल साइड निर्माण सेवाका प्रोप्राईटर समेत रहेका समाजसेवी दलबहादुर श्रीसले आफ्नो जन्मदिनको अवसर पारेर पहिरो पीडितलाई राहत प्रदान गर्नुभएको छ ।

बागलुङको जैमिनी नगरपालिका ९ पैयूँथन्थापका ११ घर धुरीलाई चामल, दाल, नून, तेल, साबुन लगायतका सामग्री बितरण गर्नुभएको हो ।

राहत वितरण पछि बोल्दै नेता श्रीसले अहिलेको पुस्तामा सकरात्मक सोचको विकास हुन नसके सँंस्कृति, धर्म र परम्परा नै मासिने बताउनुभयो । अनावश्यक रुपमा गरिने फजुल खर्चलाई नियन्त्रण गरेर कसैका आँसु पुछुन सके संसारमा त्यो भन्दा ठूलो धर्म अर्को नरहेको उहाँको भनाई छ ।

राहत वितरणमा सहभागी भएका नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्माले श्रीसले गरेको काम सबैका लागि प्रेरणादायक भएको बताउनुभयो ।

कर्यक्रममा नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव पुरन श्रीष, तरुण दल जैमिनीका नगर सभापति रोहित थापा, सचिव शिव श्रीष, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य चन्द्रबहादुर श्रीष, ग्लोबल आई.एम.ई बैंक कुश्मीशेराका शाखा प्रबन्धक हरिप्रसाद शर्मा लगायतको पनि सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस जैमिनी नगरपालिका ९ पैयूँथन्थापका सभापति नरजंग रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव पुरन श्रीसले गर्नुभएको थियो ।

समाजसेवी श्रीसले यसअघि बागलुङकै बिनामारे र राङ्खानीका बिपन्न परिवारलाई पनि आफ्नै खर्चमा राहत बितरण गर्नुभएको थियो भने लकडाउनको अवधिमा नेपाल भारत सिमानामा अलपत्र परेका बागलुङको बिभिन्न ठाउँका नागरिकलाई एकल खर्चमा उद्वार गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *