करिडोर र लोकमार्गको बैकल्पिक सडक तयार

सुवास गौतम, बागल्ङ
राष्ट्रिय गौरवको आयोजना मध्येको दुई कालीगण्डकी करिडोर र मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा वैकल्पिक मार्ग तयार गरिएको छ ।

जिल्ला सदरमकाममा रहेको बागलुङ नगरपालिकाले राष्ट्रिय राजमार्ग पटक–पटक बन्द भएपछि वैकल्पिक सडक तयार गरिएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरोले लोकमार्ग र लोकमार्ग संगै वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने देउराली चोक हुँदै तल्लो बोक्से देखि खहरे भएर पुन लोकमार्गमा आउन सकिने सडक समेत बन्द भएपछि खुलाईएको छ ।

लोकमार्गको वैकल्पिक रुपमा लिइएको उक्त सडक नगरपालिकाको लगानीमा १६ दिन पछि पहिरो हटाएर सुचारु गरिएको छ । यस्तै कालीगण्डकी करिडोरको कालाखोला बगर नजिकै खसेको ठूलो पहिरोले कालीगण्डकी सडक पछिल्लो पटक पाँच दिन देखि अबरुद्ध भएको र तत्कालै पहिरो खुलाउन असंभव भएका कारण वैकल्पिक सडकको मर्मत गरी सुचारु गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

वर्षातका कारण करिडोर अबरुद्ध भएपछि कालिगण्डकी किनारमा रहेको क्रसर उद्योग देखि काला खोला बगर सम्म तल्लो सडकको अबरोध हटाई वैकल्पिक सडक खुलाईएको हो ।

लोकमार्गका यात्रुहरु देउराली चोक हुँदै सिधै खहरेखोलामा गएर लोकमार्गमा जान सकिन्छ भने कारिडोरको मालढुङ्गा हुँदै सिधै कालाखोला बगरको पहिरो पारी करिडोरमा पुग्दा यात्रुहरुलाई सहज हुँनेछ । वैकल्पिक सडक सञ्चालनमा आउदा साथ पश्चिम र दक्षिण भेगका यात्रुहरुलाई सहज भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *