यात्रुलाई सचेतता सहित माक्स वितरण

आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस कोभिड १९ को संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै आम नागरिकले अनिवार्य रूपमा मास्क नलगाउने लाई कार्वाही गर्ने सरकारले निर्देशन दिएपछि बागलुङमा क्रियाशील पत्रकारहरूले जनचेतनामूलक कार्यक्रम गर्दै निशुल्क मास्क वितरण गरेका छन् ।

बागलुङमा कारोना संक्रमण सुरु भए देखिनै जोखिम मोलेर समाचार संकलन गर्दे आएका माउण्टेन टेलिभिजनका बागलुङ संवाददाता सुवास आचार्य एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, नेपाल टेलिभिजनका किरण आचार्य, र ईबागलुङ डटकमका रामप्रसाद घिमिरेको सहयोग तथा समन्वयमा मास्क वितरण गरिएको थियो ।

अभियानमा लायन्स क्लबका पार्वती अधिकारीले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेकी थिईन् । पत्रकारको काम संचारकर्म मात्र नभइ सामाजिक उत्तरदायित्व समेत भएको भन्दै बागलुङ सदरमुकाममा एक कार्यक्रम गरी बजारमा कामको सिलसिलामा आएका नागरिक लाई मास्क वितरण गर्दै भोलीदेखि अनिवार्य रूपमा मास्क लगाएर हिँड्न अनुरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ,बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेल एभिन्युज खबरका सम्वाददाता राजेशचन्द्र राजभण्डारीले लगायतका वक्ताहरूले कोरोना संक्रमित बढ्दै गइरहेको बेला स्वास्थ सुरक्षा लाई ध्यानमा राखी अनिवार्य रूपमा मास्क लगाउन आम जिल्ला बासिलाई जनचेतना जगाउन जरुरी रहेको धारणा राखेका थिए ।

पहिलो चरणमा मास्क वितरण गरिएको र भोलिका दिनमा मास्क नलगाई हिँड्नेलाई सक्रमण ऐन २०२० अनुसार नियन्त्रणमा लिई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दोश्रो दिन पत्रकारहरुको समन्वयमा बागलुङ उद्योग वाणिज्य संघले बजारमा जनचेना जगाउदै मास्क वितरण गर्ने जनाएको छ ।

क्रियाशिल पत्रकारले सुरु गरेको अभियानमा विभिन्न सामाजिक क्षेत्रमका क्रियाशिल व्यक्तिहरुले सहयोग वताएका छन् । बागलुङ सदरमुकामको दृश्य हेर्दा कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारद्धारा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने कुरामा धेरैले गम्भीरता पूर्वक नलिएको पाईएको छ ।

बागलुङ बजारमा प्रहरी, व्यापारी, सवारी चालक, यात्रु, कमैले मुखमा मास्क नलगाएको र सामाजिक दूरी कायम नगरेको पाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *