दश बर्षमा गण्डकी प्रदेश गरिबीको रेखा माथि : मुख्यमन्त्री गुरुङ

राम सुवेदी/बुर्तिबाङ

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले आन्तरिक स्रोत साधनले भरिपूर्ण रहेको गण्डकी प्रदेशका जनता अबको १० वर्षमा गरिबीको रेखा माथि उठ्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले बागलुङको बुर्तिबाङमा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

‘हामी अहिले गरिब छौं, त्यसको आन्तरिक हिसाव समेत प्रदेशले मूल्याँकन गरेको छ, गण्डकी प्रदेशमा नभएको औधोगिक क्षेत्र हो, त्यसको निर्माण गर्ने योजनामा छौ, ’ उहाँले भन्नुभयो, उपयुक्त क्षेत्रको छनौट गरि सबै हिसावले भरिपूर्ण प्रदेश बनाउने लक्ष्यका साथ लागिरहेका छौ ।’

गण्डकी प्रदेश प्रशस्त जलस्रोत भएकाले यहाँका जनता जलविद्युत आयआर्जन बढाएर धनी बन्ने उहाँको भनाई थियो । ‘ढोरपाटनमा अध्ययन गरिएको जलाशययुक्त जलविद्युत आयोजना प्रदेशको एक राम्रो सम्भावना भएको आयोजना हो, ’ उहाँले भन्नुभयो, ‘नेपालभर उत्पादन हुने जलविद्युत आयोजना मध्ये गण्डकी प्रदेशमा ५० प्रतिशत विद्युत उत्पादन गर्ने सम्भावना रहेको छ । प्रदेशका विभिन्न जिल्लामा सम्भावना खोजी गरिएको बताउँदै गुरुङले जलविद्युत उत्पादनमै प्रदेश सरकारको जोड भएकोले आँफूहरु त्यसको अध्ययनमा लागि परेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ जिल्ला क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेल र पार्टी प्रदेश सचिव गोविन्द नेपालीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेकपा बागलुङ जिल्ला ईञ्चार्ज बलावती शर्मा, प्रदेश सदस्य मोहनलाल सापकोटा, फमलाल न्यूरे, प्रदेश साँसद चन्द्र बहादुर बुढा सागर, दिलमायाँ रोका, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुसाल, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा लगायतको समेत उपस्थिति थियो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको स्वागत मन्तव्य र जिल्ला सचिव ग्यामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *