म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

आदर्श अनलाइन/म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा चाडपर्वलाई लक्षित गरेर शनिबार यात्रु सहायता कक्ष स्थापना भएको छ ।

जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको हो ।

दसै, दिपावली तथा छठ पर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले उनिहरुलाई पर्ने समस्या समाधान तथा गुनासो सुनुवाइ गर्न सहायता कक्ष स्थापना गरेको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताउनुभयो ।

सहायता कक्षमा चौबिसै घण्टा सुरक्षाकर्मी खटिनेछन् । कालीपुल बसपार्कबाट म्याग्दीबाट लामो तथा छोटो दुरीका सवारी साधन छुट्ने गर्छ ।

तोकिएको भन्दा बढी भाडा लिने, यात्रुहरुलाई अलपत्र पार्ने, गाडी नपाउने जस्ता समस्यामा परेका यात्रुले सहायता कक्षमा गुनासो गर्ने व्यवस्था मिलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, बेनी नगरपालिका–८ का अध्यक्ष रामकृष्ण बराइली लगायत जनप्रतिनिधि, यातायात ब्यवसायी र स्थानीय अगुवाहरुको उपस्थितिमा सहायता कक्ष स्थापना गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *