आदर्श सञ्चारका पत्रकार कर्मचारीलाई ‘इन हाउस’ तालिम

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीका लागि शनिवार ‘इन हाउस’ क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।

तालिमको उद्घाटन गर्दै संघीय सांसद मनकुमारी जिसीले सहकारी मार्फत समृद्धि हासिल गर्ने ठुलो अवसर र सम्भावना रहेको बताउनुभयो । यसका लागि सहकारी र सञ्चारमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गरी दक्ष बनेर सेवामा दृढ समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

‘कर्मचारीको व्यवहार र कार्यशैली कस्तो छ भन्ने कुराले पनि संस्थाको पहिचानमा फरक पार्दछ,’ सांसद केसीले भन्नुभयो ‘त्यसैले तपाईहरु सिक्ने र आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने दिशामा अग्रसर रहनुस्, त्यसले तपाईको व्यक्तिगत र संस्थागत दुवैमा टेवा पुग्छ ।’

तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले हरेक संस्थाको सफलताका लागि योजना, प्रतिबद्धता र दृढ इच्छा शक्तिले मात्र लक्ष्य हासिल गर्न सक्ने बताउनु सक्नुभयो । सबै भन्दा भाग्यमानी काम गर्ने व्यक्ति हुने भन्दै इमान्दार पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले संस्थाको सफलताका कमर्मचारीको इमान्दार, लगाव जरुरी भएको र त्यसका लागि समय अनुकुल आफ्नो क्षमता विकास गर्नमा तत्पर रहनु पर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सह–सचिव सरस्वति खड्का परियारको स्वागत र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा सहकारीका बिषयगत शाखा र सञ्चार शाखामा कार्यरत २४ पत्रकार, कर्मचारीको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *