गलकोटको कोरोना कोषलाई २४ लाख रुपैयाँ सहयोग

आदर्श अनलाईन, बागलुङ
बागलुङको गलकोट नगरपालिकाले स्थापना गरेको कोरोना तथा राहत कोषमा हाल सम्म रु. २४ लाख ४४ हजार २९७ सहयोग जुटेको छ ।

गलकोट नगरपलिकाले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सहयोग गर्ने दाता र सहयोग रकमको विषयमा जानकारी गराएको होे ।

नगरपालिकाले कोराना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय स्तरमा जुटेको सहयोगको विवरण समेत सर्वाजनिक गरेको छ । नगरपालिकले सहयोग गर्ने सहयोगी दाताहरुलाई हार्दीक धन्यवाद समेत दिएको छ ।

नगरपालिकालाई नगर भित्रका शिक्षकहरुको रु. १३ लाख २१ हजार ४५५, सुमेघ ट्राभल्सबाट रु. चार लाख, नगरपालिकाका कर्मचारीबाट रु. एक लाख ५९ हजार ९१७, नेपाली कांग्रेस गलकोट नगर किमिटि बाट रु. एक लाख, रिघाली समाज युकेबाट रु. एक लाख, सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. ५५ हजार, गलकोट बहुउद्देश्यीय सहकारी रु.५० हजार, गलकोट बचत तथा सहकारीबाट रु. ४० हजार, गलकोट समाज युके बाट रु. ४० हजार, सिवाईसी बचत तथा ऋण सहकारीबाट रु. २५ हजार, नेपाली कांग्रेस भातृ संगठनहरुबाट रु. सिवाईसी लघुवित्त रु. २० हजार, लघुवित्त कर्मचारी मिलन केन्द्र रु. १७ हजार, गलकोट सांस्कृतिक संरक्षण तथा समाज विकास मन्च रु. १५ हजार, नेपाल एग्रो लघुवित्त १० हजार ६७५, नेपाल शिक्षक संघ रु. १० हजार, सुर्योदय लघुवित्त रु. १० हजार, धौलागिरी लघुवित्त रु. १० हजार, चुडामणी शर्मा रु. १० हजार, बद्री प्रसाद ढकाल रु. ८ हजार ७५०, देबेन्द्र खत्री रु. ८ हजार ७५०, तेजेन्द्र बुढाथोकी रु. ८ हजार ७५० र तेज बहादुर थापाले रु. ५ हजार सहयोग गर्नुभएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

उहाँले सहयोग जुटेको रकम कोरोना उपचार, रोकथाम तथा स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *