सिवाइसीको १० औं वार्षिक साधारणसभा जिल्लाभर एकसाथ

सिवाइसी वचत तथा ऋण सहकारी सस्था बागलुङको १० औ वार्षिक साधारण सभा जिल्लाभर एक साथ गरिएको छ ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेलल दिगो विकास लक्ष प्राप्तिको लागी सहकारीको भुमिका महत्वपुर्ण रहेको वताउनुभयो । कंडेलले शेयर सदस्यको जिवन स्तर उच्च पर्ने खालका परियोजना संचालन गर्नुपर्ने वताउनुभयो । सहकारी स्थाहरुले सदस्यहरुलाई व्यवसाय मुखी वनाउन आग्रह गर्नु भयो । केही सहकारीले गरेको गलत काम देखेर देश भरका सहकारीलाई सरकारले नियन्त्रण गर्न नहुने वताउनुभयो ।

सहकारीका अध्यष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा सहकारीका सल्लाहकार पद्यमनाथ शर्मा नेपाल वचत तथा ऋण सहकारी संघ लिमिटेड क्षेत्रिय कार्यलय पोखराका फिल्ड संयोजक भरत न्यौपाने सहकारीका सल्लाहकार तथा महिल अधिकारकर्मी शुकन्तला शर्मा ,राष्ट्रिय सहकारी वैकका संचालक रामवहादुर जिसी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरका उकृष्ठ वचत कर्ता असल ऋणि लगाएतलाई सम्मान गरिएको थियो । संचालक समितिका सदस्य मुकेशचन्द्र राजभण्डरीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सहसचिव तारावहादुर विकले गर्नु भएको थियो ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले आर्थिक बर्ष ०७५÷७६ मा नौ अर्व त्रिचालिस करोड भन्दा बढी रकमको कारोबार गरेको छ । सहकारीको १० औँ बार्षिकोत्सवका अवसरमा सहकारीले गत आर्थिक बर्षमा नौ अर्व त्रिचालिस करोड ४१ लाख ८४ हजार ६ सय ९२ रुपैँया बराबरको आर्थिक कारोबार गरेको हो ।

२८ जनाबाट स्थापना भएको सहकारी संस्थामा हाल ८ हजार १ सय ३१ जना सदस्य रहेका छन् । गत आर्थिक बर्षमा ११ करोड ७८ जाल ९१ हजार ३ सय ७१ आम्दानी र ८ करोड ८ लाख २६ हजार बढी खर्च गरी ३ करोड ७० लाख ६४ हजार ५ सय रुपैँया नाफा भएको सहकारीले जनाएको छ । सहकारीको शेयर पुँजी १६ करोड १० लाख ४४ हजार ६ सय र निक्षेप संकलन ७२ करोड १३ लाख ६१ हजार पुगेको छ । सिवाईसि वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १० औं वार्षिक साधारण सभा जिल्लाभर सम्पन्न भएको छ । जिल्लाका आठ ओटै शाखामा एक साथ साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले सचिव वेदप्रसाद शर्माको प्रगति प्रतिवेदन कोषाध्यक्ष विमला गुरुङको आर्थिक प्रतिदन र लेला समितिका संयोजक पदमपाणी शर्माको प्रतिवेद सर्वसम्मत रुपमा पाररि गरिएको छ

साधारणसभाले चण्डी प्रसाद शर्मा पौडेको अध्यक्षतामा १३ सदस्यीय नया संचालनक समित चयन गरेको छ । समितिको उपाध्यक्षमा गण्डकी थापा ,सचिवमा जयराम भारी , सहसचिव सुवास आचार्य र कोषाध्यक्षमा सिता सपाकोटा चयन हुनु भएको छ ।

यसैविच आठौं शाखा खर्वाङको पनि वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम बहादुर थापाले पहेँलो देखिने सुन सवै सक्कली नभएको भन्दै सहकारी हरुपनि सवै सक्कली नभएको बताउनु भएको छ। आजको समय प्रतिश्पर्धाको भएको भन्दै प्रतिस्पर्धामा राम्रो गर्ने विजयी हुने दावी गर्नुभएको छ ।

चेतनामुलक कार्यक्रम संचालनमा सिवाईसि सहकारी अब्बल रहेको अध्यक्ष थापाले वताउनु भएको छ । कार्यक्रममा सिवाईसि वचत तथा ऋण सहकारीका केन्द्रिय सदस्य मेषलाल शर्माले सहकारीले वचत सँगै सामाजिक दायित्व पुरा गरेको वताउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *