सुधार हुँदै मौसम, दशैंमा पानी पर्ला ?

आदर्श अनलाइन/काठमाण्डौ
आज सोमबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् ।

यसपालीको दशैं हिलाम्य र सकसपूर्ण हुन्छ कि भनेर आत्ति हाल्न नपर्ने मौसमविदको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद शान्ति कंडेलले अहिले भइरहेको बर्षामा आज सोमबार बढी सुधार देखिने बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतः तीन दिनको मात्र पूर्वानुमान गर्दछ । त्यसैले खासगरी फूलपातीदेखि दशैंको टीकासम्मको अवधिमा मौसमको अवस्था के हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न कठिन हुने मौसमविद बताउँछन् । यद्यपि अर्को प्रणाली तत्काल विकास हुने सम्भावना नदेखिएको मौसमविद कंडेलले बताउनुभयो ।

तर, नेपालबाट मनसुन बाहिरी नसकेकाले वर्षाको सम्भावना भने कायमै रहने मौसमविद बताउँछन् । तर, अहिले भइरहेको जस्तो ठूलो वर्षा वा पूर्ण बदलीको अवस्था भने नहुने अनुमान गरिएको छ ।

मनसुन सकिनका लागि उपर्युक्त वातावरण नभए पनि ठुलो बर्षा हुने र आत्तिनु पर्ने अवस्था नभएको मौसमविद कंडेलको भनाई छ । सोमबार मध्य र पूर्वका केही स्थानमा र पश्चिमको थोरै स्थानमा पानी पर्ने सम्भावना छ । साथै पूर्व र मध्यका एक–दुई स्थानमा भने मेघगर्जन सहित चट्याङ्ग पर्ने छ । मंगलबार दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *