पश्चिमका तीन स्थानीय तह कोरोना संक्रमित मुक्त

साधना पन्त, बागलुङ ।
जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला र निसिखोला गाउँपालिका कोरोना संक्रमित मुक्त भएका छन् ।

सोमबार साँझ निसिखोला गाउँपालिकाका ५ जना र तमानखोला गाउँपालिकाका १ जना संक्रमण मुक्त भएसंगै तमान र निसिखोला कोरोना संक्रमित मुक्त पालिका बनेका हुन् । ढोरपाटन नगरपालिका यस अघिनै संक्रमित मुक्त भएको थियो । सोमबार तमान र निसिखोला संगै बडिगाड गाउँपालिकाका १ जना पनि कोरोना निको भएर घर र्फकिएका छन् ।

भारत लगाएत विभिन्न देशबाट आएका मध्ये हालसम्म ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ५६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित मध्ये हालसम्म ५४ जना निको भएर घर फर्किएको प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिवाङका डाक्टर मिलन मल्ल ठकुरीले जानकारी दिनुभयो । संक्रमितको संख्या सुन्य भएपनि कोरोना संक्रमको जोखिम भने कम नभएको मल्लको भनाई छ । कोरोना संक्रमित निको हुने र नयाँमा संक्रमण फेला नपरे संगै आइसोलेसनमा उपचाररतको संख्या घट्दै गएपनि अझै केहि व्यक्तिहरु क्वारेन्टिनमा पिसिआर परिक्षण र रिपोर्टको प्रतिक्षामा भने रहेको मल्लले जानकारी दिनुभयो ।

हाल प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिवाङको आइसोलेसनमा बडिगाड गाउँपालिकाका २ जना संक्रमितको उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *