पहिरोले जलविद्युतको कुलो बगाउदाँ १६७ घरधुरी अन्धकारमा

टिकाराम भट्टराई, बुर्तिबाङ

अविरल वर्षातका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा रहेका खानीखोला लघु जलविद्युत आयोजनाको कुलो पहिरोले बगाएको छ ।

कुलो भन्दा करिब १०० मिटर माथीबाट झरेको पहिरोले ६० मिटर कुलो बगाउँदा १ सय ६७ घरधूरी अन्धकारमा बस्न बाध्य भएका छन् । यस आयोजनाबाट चामीद्वार, खानीखुरिया, काफँलबोट, काम्लोबाटे, कसुङबोट र लाकुमका जनाता लाभान्वित थिए ।

कुलो निर्माणको निम्ति करिब २० दिन लाग्न सक्ने आयोजनाका म्यानेजर ज्ञानबहादुर श्रीपालीले जानाकारी दिनुभयो । निरन्तर वर्षा परिरहेको हुँदा काम सुरु गर्न सस्या भएको छ । वर्षा रोकिए पछि कुलो निर्माणमा गर्ने श्रीपालीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *