अनेम संघ बागलुङको तीज गीत छायांकन (तस्बीर सहित)

आदर्श अनलाइन, बागलुङ

अखिल नेपाल महिला संघ बागलुङले हरितालिका तीजलाई लक्षीत गर्दै बुधबार बागलुङमा तीज गीत छायांकन गरेको छ ।

देशका समसामयिक विषयवस्तु, कोरोना, बाढि पहिरो र महिलाको अवस्थालाई गितको विषयवस्तु बनाएर छायांकन गरिएको संघका अध्यक्ष सावित्रा रानाले जानकारी दिनुभयो ।


गितका सब्द संकलन गर्ने र गाउने काम अनेम संघको संघ, प्रदेश र जिल्ला कमिटिमा आवद्ध रहेका सदस्यहरुले आफै गरेको रानाले जानकारी दिनुभयो ।

गितमा बाढि पहिरो र महामारीबाट जोगिनुपर्ने, विभिन्न चरणमा भएका आन्दोलनहरुमा महिलाले प्राप्त गरेका उपलब्धीको मुल्याङकन र संरक्षण हुनुपर्ने, समानता मुलक समाज निर्माण र हत्या हिंसा बलात्कार जस्ता घटनाहरु निर्मुल पार्नुपर्ने जस्ता विषयवस्तु समावेश गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *