पत्रकारिता, स्वतन्त्रता र अराजकता

सम्पादकीय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार आयोजित एक कार्यक्रममा पत्रकारबाट हैरानी खेप्नु परेको गुनासो गरे । न्युनतम नैतिक मान्यताबाट तल झरेर सरकार, प्रधानमन्त्री र नेताहरूलाई मार्नु पर्छ, ज्युँदै कोपर्नु पर्छ, रगत पिउनुपर्छ भन्ने सम्म आउने गरेका छन् । ‘यसका हामीले एक दुई माध्यममा स्पष्टिकरण दिएर पनि सम्भव हुँदैन । पत्रकारले न्याय दिने तिर विचार गर्नुहोला ।’ सामाजिक सञ्जालमा सबैभन्दा आलोचना खेप्ने नेता मध्येमा उनी पर्छन् । भारतीय विदेशमन्त्री एज जयशंकर आउँदाको घटना सुनाए । ‘हामी भेट्नेमै थियौं तर पूर्वप्रधानमन्त्री हुनुको नाताले मैले या त हामी कहाँ आउँदा हुन्छ, या जहाँ बसेको त्यो भन्दा अर्को होटलमा सजिलो हुन्छ भनियो । मिलाउन नसकेपछि भेट भएन’ प्रचण्डले भने, ‘खुसुक्क बालुवाटारमा भेट्यो भनेर आयो । मैले भेटेकै होइन, भन्न खोज्यो, कोही सुन्नेवाला छैन ।’

यो एक प्रतिनिधि पात्र र उदाहरण मात्र हो । गल्ती, कमजोरी गर्दा नेता र नेतृत्वले आलोचना हुनु र खेप्नु त स्वभाविक हो । विना गल्ती गाली र बदनामी सहनुपर्ने अवस्था आमसञ्चारको नयाँ माध्यमका रुपमा आएका अनलाइन, फेसबुक, युट्युव लगायतले सिर्जना गरेको भनाई आशय थियो । यस्तो गुनासो पछिल्ला समय छरपष्ट सुनिन्छन् । कारण धेरै विकृति पनि देखिएका छन् । यसैले होला सरकार र पत्रकार बीच अहिले अलि बढी तसल छ । सरकार यस्तै समस्या, विकृति र जटिलताका कारण मिडिया नियन्त्रित गर्ने नियतमा पुगेको देखिन्छ । जसका पछिल्ला कदम र संसदमा पेश भएका केन्द्र, प्रदेश सरकारका आम सञ्चार बिधयेक र पत्रकार आचार संहिताले यही संकेत गर्छ । केन्द्र सरकारले लिएको मिडिया बिधेयकको बिषयले लामो समय पत्रकार महासंघ देशव्यापी आन्दोलनमा उत्रियो । अहिले गण्डकी प्रदेश सरकारले छलफलमा लिएको बिधेयकमा युट्युब च्यानल, व्लग, एप्सलाई पनि आम सञ्चार माध्यम रुपमा राखेको छ । जसका बारेमा प्रदेशका पत्रकारहरुले युट्युब च्यानललाई मिडियाको मान्यता नदिन प्रदेश सरकारसँग माग गरेका छन् । युट्वब, ब्लगमा आवद्धलाई पत्रकारको रुपमा मान्यता दिदा त्यसले अझ बढी अराजकता र उश्रृंखलता पैदा गर्ने तर्क छ । जसको विकृतिका कारण पत्रकार र पत्रकारिता बदनाम हुने तर सरकारले सहज रुपमा नियमन गर्न नसक्ने अवस्था सिर्जना हुन सक्छ ।

आम सञ्चारको अपरिहार्यताबारे कतै सशंय छैन । तर प्रेस स्वतन्त्रता भनेको मनपरि, अराजकता र उदण्डता पनि होइन । र राज्य नियन्त्रित प्रेस पनि कसैको चाहना र कल्पनाले सम्भव र स्वीकार्य हुने अवस्था छैन । अहिले पत्रकार र आमसञ्चारकर्मीले स्विकार र मनन गर्नुपर्ने बिषय के छ भने पत्रकारितामा अझै पनि समस्या छन् । पत्रकारिताका नाममा अझ बढी समस्या र विकृति देखिन्छ । युट्युव, फेसबुक र संख्यात्मक रुपमा बढेका अनलाइनका कारण आजको पत्रकारितामा विश्वासहरु संकटमा छन् । तथ्यहरु सतहमा छन् । भाइरल बन्ने, बनाउने अनुक्रममा पत्रकारितालाई संकुचन गर्ने अभ्यासहरु हुन थालेका छन् । यि यावत गलत सोच, नियत र अभ्यासबाट अहिलेका पत्रकार र पत्रकारिता मुक्त भएर जनउत्तरदायी पत्रकार गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *