यस्तो छ गलकोट नगरपालिकाको डिजिटल प्रोफाइल

आदर्श अनलाइन, बागलुङ

गलकोट नगरपालिकाले नगर वस्तु स्थिती विवरण तथा आवधिक विकास योजना सार्वजनिकिरण र कोरोना राहात कोषको खर्च सार्वजनिक गरेको छ ।

गलकोट नगरपालिकाको विभिन्न वस्तु स्थितीलाई समेटिएको नगर वस्तुस्थिती विवरण नगर प्रोफाइल सार्वजनिक गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगर प्रोफाइल भित्र नगरपालिका क्षेत्र भित्रका विभिन्न वस्तु स्थिती समेटिएको बताउनुभयो ।

उहाँले नगरपालिकाको चिनारीको रुपमा तयारी पारिएको नगर प्रोफाइल डिजिटल प्रविधिको प्रयोग गर्दै तयार गरिएको भन्दै संसारको जुनसुकै ठाँउबाट अवलोकन गर्न सकिने बताउनुभयो । गैरेले नगरपालिकाको विभिन्न वस्तु्स्तिथी विवरण अब नगरपालिकाले तयार पारिएको प्रोफाइल भित्र हेर्न सकिने भन्दै विवरण तयार पार्नमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

नगरपालिकाले नगर प्रोफाईललाई अधावधीक गर्न चालु आर्थिक बर्षमा बजेटको समेत ब्यबस्था गरेको बताउदैं नगर प्रोफाईलकै आधारमा बिकासका योजना निर्माणमा सहयोग पुग्ने बिश्वास समेत ब्यक्त गर्नुभयो ।

नगरपालिकाले गत आर्थिक बर्षको सुरुवातमा नगर प्रोफाइल तयार गर्न रोर्वट्स आइटि कन्सेप्ट्स प्रालि ललितपुरसँग सम्झौता गरेको थियो । नगरपालिकाले सोहि सम्झौता बमोजिम १६ लाख खर्च गरि नगरको डिजिटल प्रोफाइल तयार पारेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाले नगरको वस्तुस्थिती विवरण नगर प्रोफाइल तयार गर्नु आफैमा खुसिको विषय भएको भन्दै नगर प्रोफाइल तयार गर्दा भएका केही कमीकमजोरीहरुलाई आगामी दिनमा सच्चाएर जानुपर्ने बताएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख रेनुका काउचा, गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारी, नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रतिनिधि कौशिला घर्ति, नेपाली काग्रेशका गलकोट नगर उपसभापति यज्ञप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, गलकोट बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, गलकोट नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यपक देवेन्द्र बहादुर खत्री, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठ, पत्रकार विर बहादुर चोखाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगर वस्तुस्थिती विवरण नगर प्रोफाइल को बारेमा गलकोट नगरपालिकाका आईटि ईन्जीनियर अर्जुन चालिसेले प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७६र७७, ०७७र७८ र ०७८र७९को तिन वर्ष आवधिक विकास योजनाको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा गलकोट नगरपालिकाले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषको आय व्यय समेत सार्वजनिक गरिएको थियो ।

नगरपालिकाले सञ्चालन गरेको विपद् व्यवस्थापन कोषबाट अहिले सम्म विभिन्न संघ संस्था व्यक्तिबाट १ करोड १५ लाख ४५ हजार २ सय ९७ रुपैया कोषमा जम्मा भएको बताइएको छ ।

नगरपालिकालाई नगर भित्रका शिक्षकहरुको रु १३ लाख २१ हजार ४ सय ५५, सुमेघ ट्राभल्सबाट रु चार लाख, नगरपालिकाका कर्मचारीबाट रु एक लाख ५९ हजार ९ सय १७, नेपाली कांग्रेस गलकोट नगर किमिटि बाट रु। एक लाख, रिघाली समाज युकेबाट रु एक लाख, सयपत्री बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५५ हजार, गलकोट बहुउद्देश्यीय सहकारी रु ५० हजार, गलकोट बचत तथा सहकारीबाट रु ४० हजार, गलकोट समाज युके बाट रु ४० हजार, सिवाईसी बचत तथा ऋण सहकारीबाट रु २५ हजार, नेपाली कांग्रेस भातृ संगठनहरुबाट रु सिवाईसी लघुवित्त रु २० हजार, लघुवित्त कर्मचारी मिलन केन्द्र रु १७ हजार, गलकोट सांस्कृतिक संरक्षण तथा समाज विकास मन्च रु १५ हजार, नेपाल एग्रो लघुवित्त १० हजार ६ सय ७५, नेपाल शिक्षक संघ रु। १० हजार, सुर्योदय लघुवित्त रु। १० हजार, धौलागिरी लघुवित्त रु १० हजार, चुडामणी शर्मा रु १० हजार, बद्री प्रसाद ढकाल रु ८ हजार ७ सय ५०, देबेन्द्र खत्री रु ८ हजार ७ सय ५०, तेजेन्द्र बुढाथोकी रु ८ हजार ७ सय ५० र तेज बहादुर थापाले रु ५ हजार सहयोग गर्नुभएको सार्वजनिक गरिएको थियो ।

त्यस्तै नगरपालिकाले बिभिन्न योजनाको बजेटबाट शिर्षकान्तर गरि ८१ लाख जम्मा गरेको सार्बजनिक गरिएको थियो । त्यस्तै क्वारेन्टाईन निर्माण, प्रिआईसोलेशन निर्माण, स्वास्थ्य सामाग्री खरिद, सवारी साधनको परिचालन, कोरोना सक्रमितलाई आईसोलेशनमा राख्दा, क्वारैनटाईनमा रहनुभएका ३ सय २५ जना नगरवासीको लागी खाद्यान्नको ब्यवस्थापन, आरडिटि तथा पिसिआर परिक्षणको ब्यबस्थापन तथा कोरोना बारे सचेतनता सन्देश तथा प्रचारप्रसार एबं अलपत्र नागरीकलाई खाजा खानाको ब्यबस्थापन जस्ता शिर्षकमा गरि १ करोड ३ लाख १ हजार ६ सय ४० रुपैया असार मसान्त सम्म खर्च भएको तथा १२ लाख ४३ हजार ६ सय ५७ कोषमा बाँकी रहेको जानकारी गराईएको थियो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रशासकिय अधिकृत तुल बहादुर बि।कको सञ्चालनमा सम्पन्न भएको थियो ।

डिजिटल प्रोफाइल हेर्न यो लिङ्क क्लिक गर्नुहोस्

https://www.aadarshasanchar.com/wp-content/uploads/2020/08/Galkot_Nagar_Profile_2077_04_20-1.pdf

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *