म्याग्दीको विपत कोषमा दिदीबहिनी सहकारीको ५५ हजार सहयोग

आर्दश अनलाईन, म्याग्दी

म्याग्दीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । मुठ्ठी दान कार्यक्रम अन्तरगत सोमबार विपत व्यवस्थापन कोष म्याग्दीमा सहयोग गरेको हो ।

निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न स्थानहरुका पहिरो पीडितलाई केही सहयोग पु¥याउने उद्देश्यले कोषमा रकम सहयोग गरेको संस्थाका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिनुभयो ।

उहाँले पर्वत जलजला गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घाईते भएकी सानिमाया तामाङलाई चामाल, दाल, नुन र ५ हजार ५ सय ५५ रुपैया सहयोग हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
सहकारीले आफ्ना शेयर सदस्यसंग हरेक दिन मुठ्ठी दान उठाएर जम्म गरेको खाद्ययनलाई आवश्यक परेका मानीसहरुलाई सहयोग गर्दै आएको छ ।

हरेक दिन शेयर सदस्यले खान पकाउने समयमा १ मुठी चामल संस्थाका लागी छुट्टाएर महिनाको अन्तिम दिन संस्थाको भकारीमा राख्ने गरिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *