सिगानामा पहिरोले तीन घर विस्थापित, ६ उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–८ सिगानामा अविरल वर्षसंगै गएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहका छन् ।

निरन्तरको वर्षतका कारण वस्तिमिाथबाट आएको पहिरोले स्थानीय तीन घर बसाई सरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहेको छ ।

साँयकोट लामाचौर सडकमाथीबाट खसेको झण्डै दुई सय मिटर पहिरो सहित आसपासको जमिन चिरा चिरा परेपछि स्थानीयहरु त्रसित भएको विस्थापित पवित्र गौतमले बताउनुभयो ।

‘जुन सकै समयमा पनि पहिरोले घर पर्न सक्ने अवस्था छ’ गौतमले भन्नुभयो ‘घर माथिको जमिन चिरा–चिरा पर्नुका साथै जमिन भासिएको, केही स्थानमा पहिरो गएका कारण विस्थापित भएका हौं ।’

गौतम सहित देबेन्द्र कार्कि र डोलेन्द्र कार्कीको परिवार विस्थापित भएको हो । पहिरोका कारण पहिरो आसपासका भद्र बहादुर कार्की, देब बहादुर कार्की, बम बहादुर कार्की, कोपिला कार्की, हर्क बहादुर कार्की, रुपेश कार्कीको घर उच्च जोखिममा रहेको छ । पहिरो गएको स्थानमा पानीको मुहान रहेको र कमजोर भु–भाग रहेका कारण जति बेला पनि बस्ती पुरिन सक्ने स्थानीयको भनाई रहेको छ ।

पहिरोका कारण सायकोटमा आपूर्ती भइरहेको ६५ घर परिवारको खानेपानीको पाईप समेत बगाउदा खानेपानीका समस्या भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *