निसीखोला–७ को कार्यालयमा तालाबन्दी

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजकुतले वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

नेकपाले निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुत वडा कार्यालयमो तालाबन्दी गरेको हो ।
वडा अध्यक्षले मनोमानी ढंगले सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै वडा कार्यालयमा विज्ञप्ती टाँसगरी तालाबन्दी गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा ढोरपाटन नगरपालिका स्थित प्रभु बैँक र वडा अध्यक्षको घरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको र बृद्धबृद्धाले दुख दिएको हुँदा न्यायको लागी वडा कार्यालयमा तालाबन्दी गरेको उल्लेख छ ।

वडा अध्यक्ष तेजेन्द्र कुँवर नहकुलले केही अराजक फैलाउनेहरुले वडामा तालाबन्दी गरेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता पाउनेहरु सबैको बैंकमा खाता भएको र वर्षाको समयमा बैंकका कर्मचारी वडामा पुगेर वितरण गर्न नसक्ने अवस्था भएपछि बैंकबाटै सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।

उहाँले केही युवाहरुले भ्रामक प्रचार गरेको भन्दै कार्यालयमा तालाबन्दी गर्नेलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।

‘मैले दुई दिनको समय दिएको पनि होइन उहाँहरु बसैको आ–आफ्नो खातामा जम्मा भएको पैसा उहाँहरुले जति बेला निकाले पनि हुन्छ । मैले यति समय उति समय भनेर तोक्न छिल्छ र ? मैले यहाँ आउनुभएका बृद्धाहरुलाई सहयोग गरेको हुँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *