४० वर्षीय पुरुषद्वारा युवती बलात्कृत

आदर्श अनलाइन, बागलुङ
१९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

युवतीलाई डर धम्की देखाएर बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–५ का ४० वार्षीय भरत सापकोटालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबार पक्राउ गरेको हो ।

साउन १६ र १७ गते आरोपित सापकोटाले युवतीलाई उनकै घरमा बलात्कार गरेको भन्दै साउन २० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको थियो ।

पीडित पक्षको उजुरी पछि सापकोटालाई गिरफ्तार गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर हेम केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *