लक्षण देखिएकाे छैन भन्दै संक्रमितको सम्पर्कमा रहेका मन्त्रीले कोरोना परीक्षण गरेनन्

आदर्श अनलाइन,पोखरा

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा बुधबार कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएका मन्त्री यादवले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक अरु प्रदेशका कानुनमन्त्रीलाई भेटेका थिए ।

साउन १५ गते बालुवाटारमा प्रहरी समायोजनका विषयमा छलफल भएको थियो । बैठक सकिएको ३ दिनपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए । त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए । कोरोना पुष्टि भएका मन्त्री यादव अहिले क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् ।

संक्रमितसँग एउटै बैठकमा रहेका गण्डकी प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमान पनि स्वतः कन्ट्याक ट्रेसिङमा पर्छन् । तर मन्त्री चुमानले स्वाब परीक्षणका लागि दिएका छैनन् ।

कानुनमन्त्री चुमानका स्वकीय सचिव राजु विकले कोरोनाको लक्षण नदेखिएकाले स्वाब परीक्षणका लागि नदिइएको बताए ।

‘लक्षण नभएकाले स्वाब दिएका छैनौं । हामीसँगै फर्किनु भएका कसैमा पनि पोजेटिभ नदेखिएको हुनाले हामीले दिएनौं,’ उनले भने, ‘स्वाब दिँदा राम्रो हुन्थ्यो । बिरामीकै चेक होस् भन्ने उद्धेशयले दिएनौं ।’

कानुनमन्त्री चुमान ११ साउनमा काठमाडौं गएका थिए । ‘प्रहरी समायोजन सम्बन्धी छलफल थियो । प्रधानमन्त्रीज्यूसँग साउन १५ गते अन्तिम ब्रिफिङ गरेर भोलिपल्ट फर्कियौं,’ स्वकीय सचिव विकले भने ।

कानुनमन्त्री चुमान पोखरा फर्किएको पर्सिपल्टै मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख लगायत सहभागी प्रहरीलाई सवारी हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्री चुमान साउन २० गते गृहजिल्ला तनहुँसमेत पुगेका थिए । मातृशोकबाट गुज्रिरहेका नेकपाका स्थानीय नेतालाई भेट्न कानुनमन्त्री चुमान शुक्लागण्डकी नगरपालिकाको राईपुर गएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *