हट्दै बागलुङ कारागारका कैदीबन्दीको समस्या

आदर्श अनलाइन, बागलुङ

क्षमता भन्दा तीन गुणा कैदी बन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ ।

जिल्ला कारागार बागलुङमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदी बन्दीको समस्या समाधान हुने भएको हो ।

अहिले महिला कैदी बन्दी गृह निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको छ । निकै जिर्ण अवस्थामा रहेको जिल्ला कारागारको संरचनाले कदैबन्दीलाई निकै समस्या भएकाले कारागारको थप क्षमता विस्तारका लागि महिला बन्दी गृह निर्माण गरिएको जिल्ला कारागार बागलुङले जनाएको छ । कारागारमा महिला बन्दी गृहको काम निर्माण सम्पन्न भई हस्तान्तरण पश्चात महिला बन्दीलाई स्थान्तरण गरिनेछ । फागुनमा निर्माण शुरु भएको महिला बन्दी गृह हालै मात्र सम्पन्न भएको जिल्ला कारागार बागलुङका प्रमुख मोहन उपाध्यायले जानकारी दिनुभयो ।

“क्षमता भन्दा बढी कैदी बन्दी राख्न निकै समस्या भइरहेको छ” उपाध्यायले भन्नुभयो “महिलालाई छुट्टै भवनमा राख्ने गरी कारागारको निर्माण भएको छ, साउन मसान्त भित्रै नवनिर्मित भवनमा महिला बन्दीलाई राखिनेछ ।” महिला बन्दी गृह निर्माण भए सँगै अहिले महिला बस्दै आएको स्थानमा पुरुषलाई राख्दा कदैबन्दीलाई सहज हुने कारागारले बताएको छ । महिला बन्दी गृह निर्माण संगै बागलुङ कारागारको समस्या समाधान हुने भएको हो ।

कैदी बन्दी धेरै हुँदा निकै समस्या भएका कारण केन्द्रिय कारागार विभागले गत वर्ष महिला बन्दी गृह निर्माणका लागि बजेट विनियोजन भएर निर्माण सम्पन्न भएकोे भवनले कारागारको समस्या समाधान हुनेछ । कैदीबन्दी बढी हुँदा कैदी बन्दीलाई शौचालय जान समेत पालो कुर्नुपर्ने अवस्था छ । असार भित्रै सक्नु पर्ने काम बन्दाबन्दीले केही ढिला हुन पुगेको थियो ।

केन्द्रीय कारागार व्यवस्थापन विभागले गत वर्ष विनियोजन गरेको १ करोड रकम मध्ये रु.६७ लाखमा एमाह रक्षा विल्डर्स प्रालिले ठेक्का सम्झौता मार्फत काम सम्पन्न गरेको हो ।

दुई वर्ष अघि बागलुङ, पर्वत र म्याग्दीका कारागार समायोजन गरी बागलुङलाई महिला बन्दी गृह निर्माण गर्ने र अन्य जिल्लामा पुरुष कैदी बन्दी राख्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय केन्द्रिय कारागार व्यवस्थापन विभागमा पठाए पछि भवन निर्माणका लागि बजेट विनियोजन भएर आए पछि भवन निर्माण भएको हो ।

दुई कोठा, दूई शौचालय, दुई स्नानघर र बाहिरी कम्पाउण्ड निर्माण भएको हो । नयाँ निर्माण भएको कारागारमा २० देखि २५ जना महिला कैदी बन्दी राख्ने क्षमताको हुनेछ । ४५ जना क्षमाताकोे जिल्ला कारागार बागलुङमा १४ जना महिला, दुई आश्रित बालबालिका र १०६ जना पुरुष कैदी बन्दी गरी जम्मा १ सय २२ जना रहेको कार्यालय प्रमुख उपाध्ययले जानकारी दिनुभयो । उपाध्यायका अनुसार नयाँ भवनमा कैदी बन्दी राख्दा कारारागारका कैदी बन्दीमा हुने स्वास्थ्य लगायतका समस्या हटेर जानेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *