कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन सरकारको निर्देशन

आदर्श अनलाइन,काठमाण्डौ

सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण तत्काल परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

‘सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएकाले विद्यार्थी तथा अभिभावमा त्रासको वातावरण सिर्जना हुन गएको भन्दै बोर्डले सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभए सम्मका लागि परीक्षा सम्बन्धी कार्य नगर्नू नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरेको छ । बोर्ड बिज्ञप्ती तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *