गाउँपालिकाद्वारा सुत्केरीलाई ‘रातो भाले’

शाहकारी सुत्केरीलाई भालेको साटो घिउको व्यवस्था

आदर्श अनलाइन डेक्स

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ ।

गाउँपालिकाले पाँचौ गाउँ सभा मार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलव्ध गराउने नीति लिएको छ ।

गर्भवति भए पछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोला समेत उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । ‘स्वास्थ्य संस्थामा नियमित रुपमा गर्भ परिक्षण नगर्दा प्रसुतिाको बेला हुँदा आमा, बच्चाको ज्यान समेत जाने जोखिम हुन्छ,’ अध्यक्ष शर्माले आदर्श अनलाइनसँग भन्नुभयो,‘गर्भवति, सुत्केरी हुने बेलाको संवेदनशिलताबारे सबैलाई जानकारी सहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।’

स्वास्थ्य स्वयम्सेविका वा आँफै गर्भवति महिलाले गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा पुग्ना साथ संस्थाले गर्भवतिको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बिउँ बिजन भएको पोषण झोला उपलव्ध गराउने छन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बिउँ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाह समेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताउनुभयो । ‘हामीले शुरुवाति अवस्थामा पोषण झोला सहित गर्भवति अवस्थामा हुने परिवर्तन लगायतका विषयमा जानकारी गराउँछौ,’ पुनले भन्नुभयो, ‘सुत्केरी भएको स्वास्थ्य स्वयम्सेविकाबाट खवर पाए पछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।’ पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि गराई दशै तिहार लगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने क्रार्यक्रम लागु हुनेछ ।

१० लाख बढी जनसंख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताउनुभयो । सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत सुत्केरीलाई सचेतना प्रदान गर्न सुत्केरीलाई रातो भाले कार्यक्रम लागु गरिएको छ,’ प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, ‘यदी शाहकारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घिउको समेत व्यवस्था गरिनेछ ।’

स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य परिक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाण्डौं बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जादा स्थानीय सरकार दैलोमा रहेको महुशुस समेत हुने गाउँपालिकाको अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *