चल्यो आंशिक सवारी, चढेनन् यात्रु

फाइल तस्बिर

डम्मर बुढा मगर, बागलुङ
कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले गत चैत ११ गते देशमा लकडाउन जारी ग¥यो । लकडाउन पछि सबै क्षेत्र ठप्प भए । गत असार १ गते लकडाउन खोल्ने निर्णय त सरकारले ग¥यो । तर, कोरोनाको जोखिम सँगै अरु व्यापार व्यवसायको प्रक्रिया र दैनिकी उस्तै सकस र सास्तीको छ ।

लकडाउन खुलेसँगै उद्योग धन्दा, होटल, रेष्टुरेण्ट लगायत यातायात क्षेत्र पनि सञ्चालनमा आयो । तर, संक्रमणको जोखिम बढ्दै जान थालेपछि सरकारले पुनः जोर बिजोर प्रणाली नै लागु गरेको छ । सरकारले बिहिबारदेखि दुई सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा यो प्रणाली लागु गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशमा भने दुई सय भन्दा बढी सक्रिय संक्रमित कुनै पनि जिल्लामा छैन । तर, पूर्व सतर्कता स्वरुप कडाइ गर्दा लामो समयको मारमा आँफुहरु परेको व्यवसायी गुनासो गर्छन् ।

बागलुङ पनि यातायात व्यवसायीले साना सवारी साधन आंशिक रुपमा जिल्लामा संचालन गरे पनि ठूला गाडीहरु संचालनमा आउन सकेका छैनन् । संक्रमणकै जोखिमका कारण सरकारले ठूला सवारी साधानलाई संचालनमा अझै रोक समेत लगाएको छ ।

अहिले बागलुङ बजारदेखि पोखरा, कुश्माका साथै जिल्ला भित्रका गलकोट, बुर्तिबाङ लगायतका स्थानमा गाडी छुट्ने गरेको छ । बागलुङ–कुश्मा सञ्चालन हुने अधिकांश गाडीका चालक, सह–चालकले सुरक्षा सामग्री माक्स, ग्लोब्स प्रयोग गरेको पाइँदैन । यसले थप संक्रमणको जोखिमलाई बढाउने देखिएको छ ।

यातायात व्यवसायीले पहिलेको भन्दा ५० प्रतिशत भाँडा बढेको बताएका छन् । बर्खायाममा गाडीको क्षमता भन्दा कम यात्रु बोक्दा यातायात व्यवसायी मर्कामा पर्ने भएकाले भाडा बढाइएको हो । समितिले साविकको भाडाको ५० प्रतिशत मात्र बढाएको बताए पनि केही सवारी चाकलले दोब्बर तेब्बर बढी भाडा लिएको गुनासो पनि आएको छ ।

बागलुङ–कुश्मा यात्रा गर्ने यात्रुहरुले बसमा ६७ रुपैयाँ भाडा तिर्नु पर्छ भने बागलुङ बजारदेखि बुर्तिबाङ ९ सय सय, गलकोट ५ सय र पोखरा ४ सय ५० निर्धारण गरिएको धौलागिरी जिप काउन्टर बागलुङका कर्मचारी कुशल खड्काले जानकारी दिनुभयो । यात्रु कम हुँदा बुर्तिबाङ, पोखरा, गलकोट लगायतका स्थानमा दैनिक १÷२ वटा मात्रै गाडी चल्ने उहाँको भनाई छ । ‘यात्रुनै हुँदैनन्, खासै गाडी चल्दैनन्, दिनमा १÷२ वटा मात्रै संचालन हुन्छन्,’ उहाँले भन्नुभयो ‘यात्रु धेरै हुने भए व्यवस्थापन गर्न पनि गाह्रो हुँदो हो, ३÷४ जना मात्रै हुन्छन्, त्यसैले समाजिक दूरीमै यात्रा हुने वातावरण भएको छ ।’

धौलागिरी कालिका यातायात प्रालिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले सवारी सरकारको निर्देशन अनुसार सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले सरकारले अन्तर जिल्ला मात्रै सञ्चालन गर्ने निर्देशन दिए अनुसार जिल्लाभर मात्रै यातायात सञ्चालनमा ल्याएको बताउनुभयो । ‘हामीलाई सरकारले जे निर्देशन दिएको छ, सोही अनुसार सञ्चालन गरेका छौँ,’ अध्यक्ष अधिकारीले भन्नुभयो ‘एउटा गाडीमा ५ जना भन्दा बढी बोक्ने गरेका छैनौँ, कहिलेकाही बढीमा ६ जना सम्म बोकेका छौँ, तर हामीले सुरक्षाका सबै सावधानी अपनाएका छौँ ।’

धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले अहिले लामो दूरीमा यातायातका साधन सञ्चालन गर्न नसक्ने बताउनुभयो । अन्तर जिल्ला सञ्चालन गर्ने सरकारको निर्देशन भएको हुँदा हाल कुश्मा बागलुङ मात्रै सञ्चालन भएको उहाँको भनाई छ । ‘अहिले लामो दूरीमा सञ्चालन गरेका छैनौ, संक्रमणको जोखिम अझै बढ्दो छ,’ अध्यक्ष केसीले भन्नुभयो ‘अहिले दैनिक पाँच वटा गाडी कुश्मा–बागलुङ सञ्चालनमा ल्याएका छौँ, संक्रमणको जोखिम घट्दै गयो भने लामो दूरीका पनि सञ्चालनमा ल्याउने छौँ ।’ उहाँले कोरोनाकै जोखिमका कारण धेरै नागरिक बसमा यात्रा नगरेको बताउनुभयो । केसीले सरकारको निर्देशन अनुसार सुरक्षा सावधानी अपनाएर गाडी संचालनमा ल्याइएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *