प्राध्यापकले नै गरे धवलागिरि क्याम्पसमा तालाबन्दी

आदर्श अनलाइन, बागलुङ
धवलागिरि बहुमुखि क्याम्पसका आंशिक प्राध्यापकहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै आएको मा माग सुनुवाइ नभएपछि ताला लगाउनु परेको संघ अध्यक्ष विष्णुप्रसाद चापागाईले बताउनुभयो ।

करिब चार वर्ष अघिदेखि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई करार नियुक्ति दिनुपर्ने निर्णय गरेको गरे पनि निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरी आन्दोलित भएका हुन् ।

यस क्याम्पसमा ३९ जना आंशिक प्राध्यापक छन् । प्रध्यापकहरुले पटक–पटक धर्ना बस्दै आएपछि
उनीहरुको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले अनुगमन समिति गठन गरेको थियो ।

आफूहरुले फागुनदेखि पारिश्रमिक समेत नपाएको संघका सचिव सरोजराज पन्तले बताउनुभयो । ‘अहिले सामान्य रुपमा माग ध्यानाकर्षण मात्रै गराएका छौँ,’ सचिव पन्तले भन्नुभयो ‘हाम्रो मागलाई बेवास्ता गरि पूरा गर्ने तर्फ सम्बन्धित निकाय गम्भीर भएर लागेन भने क्याम्पसका अनलाइन कक्षा र लेखाशाखामा पनि ताला लगाउने छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *