बडिगाडकी गर्भवती महिलाको हेलिकप्टरबाट पोखरा उद्दार

आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका–७ की १७ वर्षीया गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट पोखरा उद्दार गरिएको छ ।

सुत्केरी व्यथा लागेर भिमगिठे स्वास्थ्य चौकी लगिएकी लक्ष्मी गुरुङको बच्चा जन्मनु भन्दा पहिलेनै साल खसेर र बच्चाको हात बाहिर निस्के पछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पनि प्रसुति गराउन जटिलता भए पछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चुणमणी कंडेलले जानकारी दिनुभयो । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकाश मन्त्रालयबाट उद्दार गरिएको हो ।

गर्भवती महिलामा यस्तो समस्या देखिए बच्चाको ज्यान जोखिममा पर्ने धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सौगात कोइराला बताउनु हुन्छ । यस्तो अवस्थामा तुरुन्तै सल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *