रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्र स्थान्तरण

आदर्श अनलाइन, बागलुङ

रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्र नयाँ भवनमा स्थानान्तरण गरिएको छ ।

हाल बागलुङ नगरपालिका–१ रामरेखा वडा कार्यालय परिसरबाट सेवा दिदै आएको रामरेखा सामुदायिक प्रहरी सेवा केन्द्रलाई बिद्युत प्राधिकरणण सव स्टेशन नजिकैको नयाँ भवनमा लगिएको छ ।

नयाँ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले समुदाय र प्रहरी बीचको साझेदारीमा मात्रै समाजमा अपराध नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल भाषा मकाः खल बागलुङको अगुवाइमा २०५६ सालमा निर्माण भएको एक तला पक्की भवन जीर्ण अवस्थामा रहेका कारण थप मर्मत सम्भार सहित एक तला थप गरी सेवा केन्द्र स्थान्तरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यले जानकारी दिनुभयो ।
हाल सम्म उक्त भवन निर्माणका लागि झण्डै १० लाख बढी खर्च भएको नगरपालिकाले जनाएको छ । वडा कार्यालय र सामुदायिक सेवा केन्द्र एकै स्थानबाट सञ्चालन गर्दा स्थान अभाव र सेवा प्रवाहमा समस्या भएपछि स्थानान्तरण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *