सिवाईसी र कुश्मिसेरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बिच एकीकरण हुने

आदर्श अनलाइन, बागलुङ

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र कुश्मिसेरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. बीच एकीकरण हुने भएका छन् ।

कुश्मिसेरा महिला विकास बहुुउद्देश्यीय सहकारी संस्था लिको आईताबार सम्पन्न दशौं वार्षिक साधारण सभाले संस्थालाई सिवाईसी साकोसमा एकीकरण गर्ने निर्णय गरेको हो । एकीकरण पश्चात संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. रहने भएको छ ।

साधारण सभामा जैमीनी नगरपालिका नगरप्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरु संख्यात्मक रुपमा धैरै भएकाले अहिलेको प्रमुख आवश्यकता एकीकरण नै भएको बताउनुभयो । एकीकरण मार्फत नै संस्थाहरुले सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्ने भन्दै पौडेलले संख्या बृद्धि भन्दा पनि गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा एकिकृत संस्था सिवाईसी साकोसका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीले हालसम्म २८ वटा संस्थाहरुसंग एकीकरण प्रकृया अगाडि बढाइसकेका र एकीकरण पश्चात सबै संस्थाहरुलाई सम्मानजनक व्यवहार गरेको बताउनुभयो । पौडेलले सबै सहकारी संस्थाहरु मिलेर गरिबी विरुद्धको अभियान र सरकारले लिएको एकीकरण नीतिलाई सफल बनाउनुपर्ने भन्दै सिवाईसीका सेवा सुविधाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जैमीनी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गोपाल प्रसाद शर्मा, जैमीनी नगरपालिकाका सहकारी शाखा प्रमुख भेषराज पौडेल, सिवाईसी साकोसका सल्लाहाकार कृष्णशंकर श्रेष्ठ, सिवाईसी साकोसका सञ्चालक कृष्णप्रसाद रिजाल, सिवाईसी साकोस कुश्मिसेरा सेवाकेन्द्रका परामर्शदाता क्या. पदमवहादुर थापा लगाएतले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा संस्थाका सचिव रुद्रकुमारी थापा र कोषाध्यक्ष लक्ष्मी आचार्यद्धारा प्रस्तुत आर्थिक वर्ष ०७६/०७७ को प्रगती प्रतिवेदन र आय, व्यय विवरण, लेखा परीक्षण प्रतिवेदन र आर्थिक वर्ष ०७७/०७८ को प्रस्तावित नीति तथा कार्यक्रम र कार्ययोजना सर्वसम्मतीले पास गरेको छ ।

संस्थाका अध्यक्ष खगिसरा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाको सञ्चालक खिमकला राना र सञ्चालन लक्ष्मी शर्माले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *