पूर्वजका स्रोत व्यवस्थापन सीप र वर्तमान कोरोना कहर

सराेजराज पन्त
परापूर्वकालदेखि नै दैनिक जीवन र भान्सामा अदुवा, बेसार, जीरा, धनिया, खुर्सानी, दालचीनी,मेथी, टिमुर जस्ता औषधि जन्य मसलाहरू प्रयोग हुने गर्दथे र अहिले पनि हामीले प्रयोग गर्दै आएका छौं । अहिलेको विश्वव्यापी कोरोनाको संकटमा पनि यी खाद्य मसलाहरू र सामग्रीहरुको प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि मद्दत पुग्ने देखिन्छ । पहिले हाम्रा पूर्वजहरुले घरमै आयुर्वेदिक औषधिहरू बनाएर जटिल रोगहरुको उपचार गर्दथे जस्तै निमपत्ता ज्वरो आउँदा छाती दुख्दा ब्लड प्रेशर हाई हुँदा प्रयोग गर्दथ्ये । यसैगरी तुलसीपत्ता जसलाई अक्सिजनको पिता पनि भनिन्छ । यसको प्रयोग गर्दा रुघाखोकी, छातीको समस्या तुरुन्त समाधान हुने हुँदा हरेक घरमा तुलसी मठ बनाउने, हरेक वर्ष रोप्ने गर्दथे । जसबाट मानिसहरु स्वस्थ रहने गरेको पाइन्छ । अहिले विश्वमा देखिएको कोरोना भाइरसको समस्यालाई समाधान गर्न पनि हाम्रो घरवरपर साइड इफेक्ट नगर्ने धेरै औषधिजन्य जडीबुटीहरू लाभदायक हुन्छन जसमा तुलसी, लसुन, बेसार, अदुवा, टिमुर, दालचिनी, ज्वानो, तितेपाती, पीपल, देवदारु, चिराइतो, असुरो, यार्सागुम्बा, जटामसी, पाँचऔँले, निर्मसी, कुट्की, देवदारु, चिराइतो, वर, पीपल, स्वामी, काफलको बोक्रा, अश्वगन्धा, सतामरी, मुस्ली, बिदारीकन्दाजस्ता वनस्पतिहरुमा औषधीय गुण रहेको प्रमाणित भइसकेको छ । यी जडीबुटी आधुनिक विज्ञानबाट समेत प्रमाणित भएका छन् । शरीरमा भाइरसको संक्रमण हुन नदिन, शरीरमा प्रवेश गरिसकेपछि प्रतिरोधि क्षमता वढाउन र हानि गर्न नदिन आयुर्वेदिक औषधि उत्तम विकल्प बन्ने गरेका छन् ।

पूर्वजहरुका क्रियाकलापहरुको विश्लेषण गर्दा उनीहरु वास्तवमा वैज्ञानिक चिन्तनबाट अगाडि बढेको प्रमाणित हुन्छ । अहिले समाज र बजारमा बेसारले धेरै चर्चा परिचर्चा पायो । वास्तवमा पूर्वजहरुका गुणको बारेमा धेरैलाई ज्ञात पनि भएको कुरा हो । यद्यपि मानिसले यसलाई बढाइचढाइ गर्दै आएको पाइन्छ ।

हाम्रा पूर्वजहरुले धेरै पहिला घाममा भाडाहरु सुकाएर मात्र पुनः प्रयोग गर्दथे । जसले गर्दा उनीहरुमा बिबिध रोगहरुसँग लड्ने क्षमता बढिरहेको पाइन्छ । उनीहरूको खानपान र दिनचर्या धेरै राम्रो रहेको र स्वस्थ रहनको लागि मद्दत पुगेको प्रमाणित हुन्छ । पहिले कपडा धुनको लागि खरानी पकाएर धुने गरेको कारणले पनि विभिन्न किसिमका किटाणुहरुबाट बस्नको लागि मद्दत पुगेको पाइन्छ । भाडा धोएर घानमा सुकाउने, पानीमा धारा पधेरामा देवतामा थान बनाउने पूर्वजका गतिविधिहरुले समस्याहरूमा राम्रोसँग लड्न सक्ने क्षमता विकास गरेको पाइन्छ । अहिलेको यो कोरोनामा पनि हाम्रा पूर्वजहरुका आयुर्वेदिक औषधि जस्तै अमला, चिराइतो, गुज्रो, पाँच औंल जस्ता औषधीहरू प्रयोग गर्न सकिने विज्ञहरुले औंल्याएका छन् ।

आज विश्वमा जे जति परिवर्तन भएका छन् ती सवै अनुसन्धानबाट मात्र सम्भव भएका छन् ।. अहिलेको वेदबाट विभिन्न वैज्ञानिक खोज र अन्वेषणहरु भएका छन् ।. धर्म र विज्ञान सामजस्यतावाट ओषधि,संगीत, विकास निर्माण, पर्यावरणीय सन्तुलन, सामाजिक, साँस्कृतिक आदि क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेका छन् । धर्मधर्म ग्रन्थहरु घरमा राखेमा सुख शान्ति, सौभाग्य प्राप्त हुन्छ दुःख–कष्ट आइलाग्दैन भन्ने विश्वास एंव प्रचलन छ । मानिसहरुले तुलसीको मठ बनाउने, तुलसी रोप्ने र घर वरिपरी सफासुग्घर गर्ने गर्दछन् । तुलसीबाट सवैभन्दा बढी अक्सिजन प्राप्त हुने, तुलसीले छाती दुख्ने, रुघाखोकी, पिनास आदि रोगमा औषधीको काम गरी स्वच्छ रहन सहयोग पु¥याई रहेको छ । आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थान पवित्र हुन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । वरपिपलका रुखहरु लगाउने, चौतारी बनाउने, नियमित रुपमा पिपलमा पानी चढाउने, वरिपरी फोहोर मैला नगर्ने, पिपलको रु खमा भगवान् हुन्छन् भनी रुख काट्न नदिने गरेको पाइन्छ । पीपलमा विषरोधी क्षमता ,एन्टीअक्सिडेन्ट तत्व पाइन्छ पातको रस पिउदा विषको प्रभाव विस्तारै कम हुल्छ, तनाव हट्न्छ कमलपित्त भएमा पीपलको ३–४ वटा पातको रसमा मिश्रीपानीमा मिलाएर दिनमा दुईपटक पिउँदा ५ दिनमै श्वासप्रश्वाससम्बन्धी समस्यामा फाइदा पुर्याउँछ । पीपलको बोक्राको भित्री भागलाई सुकाएको धूलो सेवन गर्दा वा पीपलको पातलाई दूधमा उमालेर खाँदा दमका रोगीलाई फाइदा पुग्दछ । यसबाट वायुप्रदुषण रोक्न वातावरणीय सन्तुलन कायम राख्ने, स्वस्थ अक्सिजन प्राप्त हुने, पानीको स्रोतलाई निरन्तरता दिने, बाढी पहिरोको कमी हुने, बटुुवाहरुलाई चौतारीमा बस्ने, बिसाउने अवसर प्राप्त हुने आदि फाइदाहरु रहेका छन ।

गुर्जो टिनोस्पोरा कार्डिफोलिया यसको वानस्पतिक नाम हो । स्वादमा टर्रो, हलुका तीतो र झनझनाहटकारी गुर्जो वात, पित्त र कफलाई अमृतबुटी हुने गरेको छ । गुर्जो हाम्रो घरआँगन, वनजङ्गलमा रुखबिरूवाहरुमा लहरिएर झ्याङ्गिने गर्दछ । विभिन्न रुखबिरूवाहरु मध्ये नीम, रूद्राक्ष, पीपल, बर, समी र खयरमा फैलिएको गुर्जो बढी लाभकारी हुन्छ । संस्कृतमा यसलाई अमृता, चक्राङ्गी अथवा गुडुचीजस्ता नामले चिनिन्छ । हिन्दीमा गिलोय, उर्दूमा गर्च, अङ्ग्रेजीमा टिनोस्पोरा र नेपालीमा गुर्जोका रुपमा परिचित गुर्जोलाई घरगाउँमा चिनी लहरो पनि भन्ने गरिन्छ ।

यसैगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसार एन्टिबायोटिक औषधि नै हो । अध्ययन अनुसार बेसारले मानव शरीरका रोग निको पार्न अहम भुमिका खेलेको हुन्छ । चिकित्सा विज्ञानले भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा र आयुर्वेदले औषधीय गुण भएको वनस्पतिका रूपमा बेसार वा हलेदोको व्याख्या गरेको छ । कोरोना संक्रमणबाट बँच्न नियमित बेसार सेवन प्राकृतिक एन्टिबायोटिक मानिन्छ । एक अध्ययन अनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन तत्वले रोक्ने र विभिन्न रोग तथा चोटपटकको उपचारमा, इन्फेक्सनबाट पनि बच्न, रुघाखोकी, सुख्खा खोकी, डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या, मिर्गौला सम्बन्धी रोगमा बेसार सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । टन्सिल, कानको दुखाइमा नेचुलर पेन किलर हो । यसैगरी शरीरमा रक्तसञ्चार बढाउने, रगत सफागर्न, पाचन प्रणालीमा सुधार ल्याउन र अपच, पखाला शरीरको दुखाइ कम गर्न, वजन घटाउनुका साथै स्मरण शक्ति वृद्धि गर्दछ ।

हाम्रा समाजहरुमा गायत्री मन्त्र सहित नियमित रुपमा ध्यान (जप) पुजा–आजा गर्ने गरिन्छ । यसबाट मन, वचन र ध्यानमा सन्तुलन हुने गरेको पाइन्छ । अहिले आएका योगहरु यसका प्रमाण हुन् । यसैगरी शंखघण्ट बजाएमा किरा फट्याङग्राहरु र अन्य हानिकारक कीटाणुहरु भाग्न गई सुरक्षित हुन सकिन्छ । हाम्रा समाजहरुमा खाना वनाउँदा सफा लुगा फेरेर बनाउनु पर्दछ, भान्सा कुरेर वस्ने, खाना खादा पनि सफा कपडा फेरेर खानु पर्दछ, नित्य स्नान गर्नु पर्दछ, वासी खाना खानु हुदैन भन्ने गरिन्छ, यसलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न सकिन्छ ।

हाम्रा समाजहरुमा (कोजाग्रत पुणिमादेखि कार्तिक शुक्ल द्धितीयासम्म) आकाश बत्ती दिने गरिन्छ जसबाट अनावश्यक विषालु जीवजन्तु त्यहाँ गई मर्ने गर्दछन् । अहिले कृषिउत्पादनलाई राम्रो गराउन, किटाणु मार्न बालीनाली वरिपरी वत्ती बाल्ने गर्नुपर्छ भन्ने अवधारणाको विकास भएको छ ।

घर बनाउँदा पुर्व फर्काएर बनाउने प्रचलन छ जसबाट घरमा सिधा घाम पर्ने घामबाट भिटामिन डी पाइने र चिसोबाट बच्न सकिन्छ जसबाट बालबालिका, वृद्धवृद्धाहरुलाई समेत सहयोग पुगेको छ ।

अहिले घामको किरणले कोभिड–१९ संक्रमण रोक्ने हुँदा कुनै क्रिम नलगाई घामको प्रकाशमा कम्तीमा १० देखि १५ मिनेटसम्म लिन सुझाइएको छ । डाँडापाखा घरवरिपरी काम गर्दा अर्थात घरको छत, आँगनमा दैनिक आधा घण्टा घाममा बसेमा निशुल्क भिटामिन डी पाइन्छ । तर अहिले भिटामिन डी को क्याप्सुल किनेर प्रयोग हुनुले सचेतनाको स्तर कति छ भन्ने कुरा र भिटामिन डी को महत्व बारे स्पस्ट हुन्छ ।

हाम्रा समाजहरुमा उत्तर शिरानी गराएर सुत्ने गरिदैन उत्तर दिशा टाउको (शिरान) गराएर सुतेमा अस्वस्थ भइने, रोगीको मृत्य समेत हुन सक्ने बिश्वास गरिन्छ किनकि पृथ्वीको उत्तर र दक्षिण ध्रुवले मानवीय शिरले पाउने चुम्वकीय ध्रुवको व्यवहार गर्ने र उत्तर शिरान बनाएर सुतेमा चुम्वकीय विकर्षणको कारण मस्तिष्क र शरिरमा असर पर्ने गर्दछ ।

हाम्रा समाजहरुमा विभिन्न किसिमका जडिवुटीहरु जस्तै हर्रो, बर्रो, अमला, निमपत्ता, रुदिलो, असुरो, भिङ्र्गिराज, क्यामुनो, घ्युकुमारी, घोरट्याप्रे, बोधो, सिप्लीकान आदिको संरक्षण गर्ने , रोगव्याधीहरु लाग्दा प्रयोग गर्ने र प्रयोग गर्न सल्लाह दिने गरिन्छ । हिजोको दिनमा नियमित नुहाउनु, योग गर्नुलाई महत्वपुर्ण क्रियाकलापलाई धार्मिक कार्यसंग जोडेर आज विश्वमा योग गरेर स्वच्छ रहन सकिने कुरालाई विज्ञानले प्रमाणित गरेको छ । घर बाहिर लगाउने जुत्ता, चप्पल घर भित्र लगाउन हुन्न भन्ने विश्वास छ जसलाई किटाणु, फोहोर मैला र अन्य संक्रमणबाट बच्न सकिने हुन्छ परापुर्व कालमा हाम्रा पुर्वजहरुले खराऊ प्रयोग गर्ने गर्दथे । हाम्रा पुर्वजहरुले धेरै खाए मल थोरै खाए बल भन्ने कुरामा विश्वास गर्दथे । थोरै खाने मानिस नै बढी स्वच्छ रहने, चुस्त, फुर्तिलो हुने हुन्छन् । वर्तमान विश्वमा बढी खानपानबाट करोडौ मानिसहरु रोगी जीवन विताइ रहेको तथ्यले पनि यस विषयको प्रमाण जुटाइएको छ ।

पहिले हाम्रा पुर्वजहरु प्राकृतिक रुपमा फले पाकेका फलफुल, तरकारीहरु खाने गर्दथे जसमा विषादिहरु प्रयोग हुदैनथे तर अहिले बेमौसमी खेतीको नाममा विषादि राखेका फलफुल, तरकारीहरु प्रयोग भएका छन् ,जसबाट मुटु, फोक्सो, कलेजो, मृगौलाका विरामीहरु बढ्दै गएका छन् । त्यसैमा प्रकृति प्रेमी हाम्रा पुर्वजहरु समयलाई बुझ्न सफल थिए । हाम्रा पुर्वजहरुले घरमा आफैले फलाउने तरकारी, मेथी, ज्वानो, जिरा, लसुन, बेसार, कागती, खुसार्नी आदि बहुमुल्य रोग प्रतिरोधात्मक क्षमता बढाउने मसलाको नियमित रुपमा प्रयोग गर्ने गर्दथे जसमा एन्टीबायोटिक तथा रोग प्रतिरोधात्मक क्षमता वढी हुने भएकोले स्वच्छ ,दिर्घायु र शक्ति प्राप्त गर्न प्राकृतिक रुपमा सक्षम र सवल थिए ।

परापुर्वकालमा तामाका भाडाकँुडाहरु जस्तै गाग्री, ताउलो, अम्खरा आदिको प्रयोग गर्ने चलन थियो । तामाको भाडामा राखेको पानी पिउदा किटाणु मर्ने र स्वच्छ थिए । आजकल प्याकेटमा तयार पारिएका खानेकुरा खाने चलन बढ्दै गएको छ जसवाट कोरोना सर्ने बढी सम्भावना रहेको छ । लामो समयसम्म तिनिहरुलाई जोगाइ राख्न, विग्रन नदिन विभिन्न केमिकल प्रयोग गरिन्छन जसबाट हाम्रो स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ ।

पहिले गाईको पाल्ने गरिन्थ्यो कृषि उत्पादनका लागि मल प्राप्त गर्न, गोवरले जुठो लिप्न ,गाईको गहुँत, दुध, दही, (मही) घ्यु खानपान र सवै मर्दा पर्दा प्रयोग गर्ने गरिन्थ्यो । आजकल गाईको गहुँत हानिकारक जीवाणुहरु मार्न र शरीरका रोगहरु निको पार्न समेत प्रयोग गर्ने गरिन्छ ।
हाम्रा पहिचान , संस्कृति , जीवनशैली, भाषा, लिपी, साहित्य, संस्कृति र धर्म देशका सास्कृतिक धरोहर हुन् । नेपाल परापुर्व कालदेखि नै विभिन्न संस्कृति, रीतिरिवाज , परम्परा , धर्म र विश्वासमा आस्था राख्ने विभिन्न जातजातिहरु बसोवास गर्दै आएको एक पबित्र संगमस्थल हो . आजको एक्काइसौ सताब्दीसम्म पनि हामा्र परम्परागत ज्ञान, सीप, विधि, प्रकिया र प्रविधिहरु समाजोपयागी रहेका छन् । मानव सभ्यताको बिकाससगैँ विज्ञान र प्रविधिले विकासको फड्को मार्दै आउँदा हामा्र पा्रचिन रीतिरिवाज, परम्परा, मुल्यमान्यता, दर्शन आदि लामो समयसम्म चलिरहनुले यसमा रहेका वैज्ञानिक तध्यहरुको इतिहास, पहिचान र मौलिकता अहिले थप अनुसन्धानका विषय बनेका छन् ।

हाम्रा पूर्वजहरुका क्रियाकलापहरु तत्कालीन समयका लागि मात्र नभइ अहिले पनि उतिकै प्रभावकारी रहेको स्पष्ट हुन्छ । २१औं शताब्दीमा पनि पूर्वीय दर्शन र अनुसन्धानमा आधारित भई गर्न सकेको खण्डमा वर्तमान समस्याहरु सहज रुपमा समाधान गर्न सकिने देखिन्छ । हामीहरु एकअर्का बीच टिप्पणी गरेर हैन वास्तविकताको पहिचान गरि ठोस अनुसन्धानबाट एकआपसमा सहकार्य गरी समस्याको समाधान गर्न अब ढिला गर्नुहुँदैन । एउटाले गरेको कामको टिप्पणी गर्नुभन्दा वास्तविकताको पहिचान गर्न हामी रतिभर पछि पर्नुहुँदैन । यसका लागि हामी सबैको संयुक्त प्रयास अपरिहार्य छ ।

आजको विश्वब्यापी सन्दर्भमा हामा्र पूर्वजका क्रियाकलापहरु वैज्ञानिक र अनुसरणयुतm रहेका छन । अतः यस तर्फ नयाँ पुस्तासँगै सबै क्षेत्र, वर्ग, धर्म, लिङ्गका मानिसहरुले बेलैमा चिन्तन गरी कार्य सम्पादन गर्नु जरुरी छ । अहिलको बिषम अबस्थामा परम्परागत औषधिको प्रयोगसँगै नियमित व्यायाम र प्राणायाम अत्यावश्यक छ । आत्मवल बढाउनुकासाथै अतिरिक्त नियमित स्वथ्य पानी, सादा स्वथ्य खाना, मरिच, टिमुर, अदुवा, बेसार, गुर्जो खाने र सरसफाईमा बिशेष ध्यान दिन सके रोग प्रतिरोधात्मक क्षमता बढाई कोरोना भाइरसबाट अमूल्य जीवन बचाउन सकिन्छ । प्रकृतिले सम्पन्न राष्ट्र हजारौं किसिमका जडिबुटी र औषधीजन्य बोटबिरुवाहरु यो संकटमा हामीले समुचित प्रयोग गर्नुपर्ने समय आएको छ । पूर्वीय सभ्यताका महत्वपुर्ण पक्षको अनुसन्धान गरी आगामी दिनमा स्वाबलम्बी बन्न सकेमा मात्र पूर्वीय सभ्यताको सम्मानसँगै राष्ट्र विकासमा टेवा पुग्ुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *