धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि इमरजेन्सी बाहेक सबै सेवा बन्द

डम्मर बुढा मगर, बागलुङ
धौलागिरी अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवाबाहेक सबै बन्द भएको छ ।

अस्पातालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले अर्को सूचना जारी नगरेसम्म अस्पतालमा नजान आग्रह गरिएको छ ।

सोमबार साँझ अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरु समेत स्वाब परीक्षण गरिने निमित्त मेडिकल सुपरिटेन्डण्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

यस अगाडी जिल्लाको जैमिनी नगरपालिकाका एक जना र धौलागिरी अस्पतालका एक जना गरि दुई जना संक्रमित भएका थिए । सोमबार साँझ थपिएकासँगै जिल्लामा संक्रमित स्वास्थ्यकर्मीको ४ संख्या पुगेको छ ।

यो पनि पढ्नुहोस्