‘अब छिट्टै भंगेरी–२ ल्याउने तयारीमा छौँ’

बागलुङ नेपाली लोक संगीतमा उर्वर जिल्ला मानिन्छ । खासगरी लोक दोहोरी गायनमा जिल्लाका कलाकारको योगदान र भुमिका पृथक र स्मरणीय छन् । अहिले पनि नेपालमा युट्युवमा सर्वाधिक हेरिएको, सुनिएको लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी’ मा लोकप्रिय संगीतकार वसन्त थापा होस् या गलबन्दी जस्तो मौलिक गीतमा प्रकाश सपुतको भुमिका होस् या बदला बरिलै जस्तो सामाजिक चेतको गीत गायनमा देवी घर्ति मगरको गायन होस् । लोक संगीतमा बागलुङकै कला साधकहरु शिखरमा देखिन्छन् । यिनै लहरमा मोफसलमा बसेर पनि दोहोरी गायनमा पछिल्लो समय संघर्षरत र सफल गायिका हुन् रिना केसी । भंगेरी चरीबाट व्यवसायिक रुपमा मञ्चहरुमा निकै व्यस्त रहेकी गायिका केसीको गतिशिल यात्रामा कोरोनाले ब्रेक लगाइदियो । यद्यपी, तिजको आगमनसँगै अहिले फेरी व्यस्तता बढाइरहनुभएको छ । उनै गायिका रिना केसीसँग आदर्शकर्मी डम्मर बुढा मगर साधना पन्तले गरेको कुराकानीको सम्पादित अशंः

तीज लाग्दैछ । सामान्य समय भएको भए अहिले निकै व्यस्त हुनुहुन्थ्यो होला । अहिले के कसरी बितिराछ समय र दैनिकी ?
कोरोनाले गर्दा म यो समयमा घरबाट बाहिर निस्कन नपाएका कारणले घरमै बसेर दिन बिताई राखेको छु । यो सिजन पनि हो गीत गाउने व्यस्त हुने तर म बागलुङ बस्ने भएकाले निरन्तर सवारी साधन नचलेका कारण मैले गीतहरु सोचे जति बजारमा ल्याउन पनि पाएकी छैन । तर, कोरोनाले गर्दा परिवार सँग धेरै समय बिताउन पाएकी छु ।

यसपाली तीज बिशेष के कस्तो कोशेली ल्याउनु भो ?
कोरोनाको कहरमा पनि यसपालीको तिजमा मैले ३ वटा तिज गीत गाएकी छु । पु¥याइदेउ धोको मायाले सवै चिजमा भन्ने आदरणीय दाइ शिव अखेलीको शब्द सिर्जनामा आदारणीय दाइ सुर्य खड्का र मैले गाएका छौ । अर्को गीत बाटैमा भाइरस शिव अखेली दाईकै शब्दको गीत हो । त्यसमा मैले एकल गीत गाएकी छु र बजारमा अहिले धेरै माया गरिराख्नु भएको छ । र टिकटकमा पनि निकै दर्शक स्रोताहरुले मन पराइदिनु भएको छ । धेरै खुशी छु र किन्देउ सारी तिजैमा भनेर यसपाली तिजको कोशेली ३ वटा बजारमा आएका छन् ।

पानपाते ठुली गत वर्ष निकै राम्रो भएको थियो । तर, पानपाते–२ मा यहाँको स्वर सुन्न पाइएन । किन ?
यस विषयमा कुरा गर्दा म के भन्न चाहान्छु भने मैले आदरणीय दाइ रबि लामिछानेले फेसबुकमा पानपाते ठूली–२ बजारमा आउदैछ को–को प्रतिक्षामा हुनुहुन्छ भनेर मैले उहाँलाई सोधे । दाइ पानपाते २ आउदै होर ? को–कसले गाउनु भयो नि भनेर सोध्दा उहाँले त्यस्तो केही होइन बहिनी भन्नु भयो । जे होस् बजारमा गित आए पछि थाहा पाए । म धेरै खुशी छु आदारणीय दाइ नवराज पन्तको शब्दमा दाइ रबिन लामीछाने, प्रकाश भाइ, टिका सानु र धनमाया बहिनीले गाउनु भएको रहेछ । गीत धेरै राम्रो छ । मैले सुने पनि । यसमा मलाई गुनासो छैन । तर, धेरै मेरा दर्शकहरुले गीत बजारमा आउँदा साथ सोध्नु भएको थियो । तपाइलाई किन राखिएन ? कहाँ हुनुहुन्थ्यो भनेर । मैले मेरा दर्शकहरुलाई के भनेर जवाफ दिने भन्ने समस्या भो । पोहोर साल हाम्रो टिमले गरेको मेहेनतले हामी सफल भएका थियौ । यो वर्ष सायद गीतको विषयले अरु आवाज खोजेर पनि होला । तर, गित धेरै राम्रो लाग्यो सफलताको शुभकामना भन्न चाहान्छु ।

कोरोना लकडाउनले यो वर्ष तपाइलाई कतिको असर ग¥र्यो ?
यो वर्ष मलाई कोरोनाले धेरै असर पारेको छ । मेरो कुनै पनि अरु पेशा छैन । मैले मेरो परिवार पाल्ने भनेकै गीत संगीतको माध्यमबाट हो । कोरोनाले गर्दा कुनै पनि कार्यक्रमहरु हुन पाएको छैन । तर, पैसानै ठुलो कुरा होइन । मलाइले मेरो प्रतिभा देखाउन पाउने थिए । नयाँ–नयाँ गीतहरु बजारमा ल्याउने थियौ । दर्शक स्रोताहरु सँग नजिक रहने मौका मिल्ने थियो । धेरै ठाउँमा जाने, नयाँ मानिसहरु सँग भेट्ने, सिक्ने मैका मिल्थ्यो तर कोरोनाले गर्दा यो अवसर मैले छुटाएको जस्तो महशुस भने गरेकी छु ।

गीत संगीतमा कसरी प्रवेश गर्नु भो ? यो क्षेत्रमा लाग्दाका सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ?
मैले सानै देखी गीत संगीतलाई रुचाउने गर्दथे । मेरो बाबाले गीत गुनगुनाएको सुनेर बस्थे । जीवनमा धेरै उतार चढाब आएको छ । मलाई गीत संगीतमा धेरै रुची थियो तर मलाई त मा प्रतिभा छ । म साथ दिन्छु गीत गाउ, अगाडी बढ भनेर भन्ने मानिसहरु पाएन मैले । म रोजगारका लागि बिदेश गए । मैले भोगेका दुःख पीडाले मलाई गित संगीतमा आउने बाटो पनि पाए जस्तो मैले महशुस गरेको छु । म बिदेशी भुमीमा रहेर पनि नेपाली गीत गाउने गर्दथे । तर, म बिदेशमै बसेर गीत संगीतमा लाग्न सक्दिन होला भनेर म नेपाल फर्किएको हुँ । म फर्किदा सँगै मैले गीत गाउने अवसर पाए । आदरणीय दाइ सूर्य खड्का र शिव अखेली जिले मलाई रित्तो काख भन्ने गीत गाउने मौका पाएको हुँ । त्यसपछी मैले गीत संगीतमा आफ्नो प्रतिभा प्रस्तुत गदै आएको छु । म २ वर्ष भयो केही व्यवसायिक रुपमै यो क्षेत्रमा सक्रिय छु ।


व्यवसायिक रुपमा भंगेरी गीतले तपाइलाई स्थापित गरेको स्वीकार गर्नुहुन्छ ?
मैले भंगेरी गीत भन्दा पहिले पनि मैले धेरै गीत गाएको थिए । तर, मलाई दर्शक सामु चिनाउने गीत भंगेरी चरिनै हो । आदाणीय दाइ तेजेश रेग्मीले मलाई अवसर दिनु भएको थियो । मलाई गीत संगीतको क्षेत्रमा स्थापित गर्नका लागि भंगेरी चरीकै हात छ । भंगेरी चरीका सम्पूर्ण टिमहरुलाई सम्झना चाहन्छु ।

अहिले गीत जे जस्ता पनि निकाल्ने खालको विकृत देखिन्छ । तपाइले कसरी हेर्नुभएको छ ।
हो, बजारमा अहिले जस्ता खालका पनि गीत आएका छन् । मैले गित गाउने कुश्मा मैले छनोट गरेरै गाउँछु । किनकी कुनै पनि गीत बजारमा आइसके पछी समाजमा पच्ने खालका ल्याउनु पर्दछ । परिवार सँग बसेर सुन्न, हेर्न मिल्ने खालको गीतहरु हुनु पर्दछ भन्ने मलाई लाग्दछ । र मैले गीत गाउने क्रममा पनि मैले कस्ता गीत गाउने भन्नेर धेरै सोच्छु ।

बागलुङमा बसेर तपाई गीत रेकर्डका लागी काठमाण्डौ, पोखरा जानु पर्दछ । यसले गर्दा अवसर छुट्यो, घाटा भए जस्तो तपाइलाई महशुस हुँदैन ?
हो, म बागलुङमा छु गीत रेकर्डिङ, सुटिङका लागी काठमाण्डौ जानु पर्ने भएकाले मेरो धेरै अवसर छुटेको महशुस गरेको छु । भंगेरी चरीको सुटिङको समयमा पनि म बागलुङ भएकै कारणले सुटिङमा जान नपाएर कतिपय दर्शकहरुले मैले भंगेरी चरी गाएको भन्ने थाहानै छैन । त्यसकारणले यो भौगोलिक दुरीले गर्दा पनि समस्या आउँदो रहेछ । तर, भोलीका दिनमा भने पोखरा,काठमाण्डौ जानेकी भनेर सोचीराखेको छु ।

अब छिट्टै तपाइको आवाजमा कुनै गीत आउदै छ की ?
अब दशै पछाडी हामीहरुले भंगेरी–२ बजारमा ल्याउने तयारीमा छौ । पानपाते–२ मा मेरो आवाज सुन्न खोज्नुभएका मेरा दर्शकहरुलाई भंगेरी चरी आउदैछ भनेर अग्रिम जानकारी दिन भन्न चाहन्छु ।

अब गीत संगीतमै पेशा बनाएर लाग्नु भएको छ कि अरु केही छ ?
अहिले सम्म मैले अर्को पेशा गरेको छैन । गीत संगीतलाई नै मैले अगाडि बढाएकी छु । अब हेर्दै जाउँ के हुन्छ ? आउने दिनमा गीत संगीतले मात्र नहुन पनि सक्दछ । त्यसकारण केही पेशा पनि गर्ने कि भनेरे सोचि राखेकी छु ।

अबको सोच सपना के छ ?
म बागलुङकी चेली हुँ । बागलुङले देवी घर्ती, जुना श्रीस दिदी जस्ता राम्रा कलाकार जन्माएको छ । मलाई पनि उहाँहरु जस्तै हुने भन्ने इच्छा सपना छ । गीत संगीतबाटै आफ्नो नाम चिनाउने सपना छ । संर्घष गर्दैछु । यात्रा लामो छ । सपना देख्नु पर्दछ । कति पुरा होलान्, कति नहोलान् तर सपना पुरा गर्ने कोशिसमा निरन्तर लाग्नेछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *