तमानखोला गाउँपालिकाले बनाइ दिने भयो पहिरो पीडितको घर

आदर्श अनलाइन, बागलुङ
गत साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेस्बाङमा गएको पहिरोले भत्किएको पान बहादुर रसाइलीको तमानखोला गाउँपालिकाले निर्माण गर्दिने भएको छ ।

रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुम कुमारी रसाइलीको घाइते अवस्थामा उद्दार गरिएको थियो भने १३ वर्षीय छोरा खिम बहादुर रसाइली र ११ वर्षीया छोरी रिता रसाइलीको पुरिएर मृत्यु भएको थियो ।

पहिरो पीडित परिवारलाई गाउँपालिकाको तर्फबाट अध्यक्ष जोकलाल बुढा मगरले एक लाख पचार हजार हस्तान्तरण गर्नु भएको छ । उहाँले पहिरोले घरमा आंशिक क्षति पु¥याएको परिवार फुल कुमारी रसाइलीलाई १५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।

पीडित परिवारको घरबास नै नभएकोले गाउँपालिकाले घर निर्माण गर्न २ लाख ५० हजार उपलब्ध निर्णय गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत विकास लम्साल, वडा अध्यक्ष मीन बहादुर घर्ती, योजना अधिकृत प्रभात लामिछाने, लेखा अधिकृत अर्जुन गौतम, प्रहरी हवलदार रमेश यादब, स्वास्थ्य संयोजक तिलक छन्त्याल, समाजसेवी खिम बहादुर पुन, याम बहादुर घर्ती, खोलेस्बाङ आधारभूत विद्यालयका प्र.अ. कुल बहादुर घर्ती लगाएतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *