पोखरा १९ मा लकडाउन : अनावश्यक रुपमा हिँडडुल गर्न नपाइने

आदर्श अनलाइन,पोखरा

कोरोना भाइरस संक्रमण संख्यामा वृद्धि हुन थालेपछि पोखरा १९ मा प्रवेश निषेध गरिएको छ । अत्यावश्यक काम बाहेक वडाबासीलाई घरबाहिर ननिस्कन वडाले आग्रह गरेको छ ।

मंगलबार वडाका थप ४ जनामा कोरोना पुष्टि भएपछि कडाई गरिएको वडाध्यक्ष शोभा मोहन पौडेलले जानकारी गराए । उनका अनुसार बुधबार बिहान ५ बजेबाट लागू हुनेगरी अर्को सूचना नहुन्जेलसम्मका लागि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, अत्यावश्यक पसल बाहेक अन्य व्यवसायहरु नखोल्न, बगर देखि उत्तर तर्फ संचालन हुने सार्वजनिक यातायात सेवा बन्द गर्न आग्रह गरिएको छ । अटेर गरेर अत्यावश्यक बाहेकका पसल खोल्ने तथा सवारी साधन चलाएको पाइएमा वडाले नै कारबाही गर्ने उनले बताए ।

वडाध्यक्ष शोभा मोहन पौडेलले भने,‘ पोखरा १९ भक्तिपथ बस्ने एक जनाको मृत्यु भएको र उनको सम्र्पकमा आएका ६७ जनाको पहिलो पिसिआर टेष्ट गर्दा २३ साउनमा ६ जनालाई संक्रमण पुष्टि भएको थियो । हाल उनीहरु आइसोलेशनमा उपचार गराइरहेका छन् । त्यस्तै संक्रमित ६ जनाको कन्ट्याक टे«सिङको आधारमा ८३ जनाको दोस्रो पटक पिसिआर टेष्ट गर्दा मंगलबार ४ जनामा संक्रमण देखिएको हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *