गलेश्वरको बेलिब्रिज मर्मतपछि सञ्चालन

आदर्श अनलाइन, म्याग्दी
लगातारको वर्षापछि उर्लिएर आएको बाढीले क्षती पुर्याएको राहुघाटको बेलिब्रिज मर्मतपछि मंगलबारदेखि सञ्चालनमा आएको छ । गएको असार महिनाको २५ गते रातीको बर्षाले बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ को सिमानामा अवस्थित बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएपछि पूर्णरुपमा अवरुद्ध भएको ब्रिज मर्मतपछि सञ्चालनमा आएको बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताउनुभयो ।

‘आज देखी हलुका सवारी साधन सञ्चालनमा आएका छन्, केही दिन हेभी सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ तिवारी भन्नुभयो । हलुका सवारीसाधनलाई आवतजावत गर्ने गरी सञ्चालन गरिने ब्रिजबाट विद्युतका ठूला उपकरण, हेभी इक्यूमेन्ट ढुवानीले पुल भाँसिन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयलाई निगरानीको लागि अनुरोध गरिएको छ ।

पुल पुननिर्माणमा जनश्रमदान सहित करिब ५० लाख खर्च भएको छ । पुुल मर्मतमा बेनी जोमसोम, कोरोला सडक आयोजनाको आकस्मीक कोषबाट खर्च हुने गरि मर्मत गरिएको तिवारीको भनाई छ । भदौ ८ गते सम्मका लागि जिप सम्म पुलबाट आवाजजावत गर्न पाउने व्यवस्था मिलाईएको छ आयोजना सब–इन्जिनियर गजेन्द्र प्रसाद रावतले भने, ‘यो पुल अहिले पुरानो स्वरुपमा नै फर्किएको छ, पुलको क्षमता १८ दशमलब ५ टन सवारी साधन सहितको छ’ ।

उनका अनुसार भत्कीएको पुलाई उठाउन भ्याट सहित १० लाख, पुलको दुवै साइटमा ४ सय ४६ घनमिटर ग्याविन लगाईएको छ । ‘भत्कीएको पुललाई मर्मत गरेर पुरानै स्वरुपमा ल्याउनका लागि ४६ लाख लागत लागेको छ’ रावतले भने, यसमा हामीले जनश्रमदानलाई राखेका छैनौ, जनश्रमदान सहित करिब ५० लाख लागत लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *