तीन दिनदेखि बेपत्ता पत्रकार बानियाँ मृत फेला

आदर्श अनलाइन, काठमाडौं
कान्तिपुर दैनिकका पत्रकार बलराम बनियाँको शव फेला परेको छ। बनियाँको शव मकवानपुर जिल्लाको सिस्नेरीमा फेला परेको प्रहरीले जनाएकाे हाे।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले शव भेटिएको पुष्टि गर्नुभएकाे छ ।

बुधबार बिहान कान्तिपुर पब्लिकेसनले तीन दिनदेखि पत्रकार बनियाँ हराएको भनेर प्रहरीमा खोजीका लागि निवेदन दर्ता गरेको थियो ।

कान्तिपुरको अनलाइन संस्करणले पनि बानियाँकाे मृत्यु भएको समाचार प्रकाशित गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *