सडक अपरिचित युवकको शव फेला, हातमा ‘सुन्दर क्षेत्री’ नामको ट्याटु

आदर्श अनलाइन, पोखरा
मंगलबार राति साढे ८ बजेतिर कास्कीको पोखरा ९ पृथ्वीचोक स्थित सार्वजनिक सडक पेटीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।

नाम थर वतन पुष्टि हुन नसकेको अन्दाजी २०-२२ बर्ष उमेरका ति पुरुष अचेत अबस्थामा लडिरहेको अवस्थामा फेलापारी स्थानिय प्रहरीले तत्काल गण्डकी मेडिकल कलेज पोखरामा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हालसम्म पनि मृतकको पहिचान नखुलेकोले कोही आफन्त वा चिनजानको ब्यक्ति भए यस कार्यालयमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

ति युवकको दाहिने हातमा अंग्रेजीमा सुन्दर क्षेत्री लेखिएको छ । बायाँ हातमा पनि सुन्दर र स्टार चिन्ह लेखिएको छ । उनी लडेको स्थान नजिकै काभ्रेपलाञ्चोक, धुलिखेल १० डाँडागाउँ, उमेर २१ लेखिएको कपी फेला परेको प्रहरीले जनाएको छ ।

वर्ण कल्साउदो, पातलो होचो शरिर भएको, आर्यन मुलको अनुहार भएको, कालो छोटो कपाल पालेको, खैरो रंगको लेदरको जकेट, कालो टिर्सट र कालो जिन्स पाईन्ट लगाएको हुलिया छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *