कालीगण्डकीमा बेवारिसे शव फेला

सांकेतिक तस्बिर

डम्मर बुढा मगर, बागलुङ

कालीगण्डकी नदीमा एउटा बेवारिसे शव फेला परेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर-४ ढोडेनी स्थित कालीगण्डकी किनारमा बिहिबार दिउसो बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरीले शव नदी किनारबाट बाहिर निकालेको छ ।

शव पुरानो जस्तो देखिएको प्रहरी निरिक्षक रिजालको भनाई छ । शवको कसको र कहाँबाट बगाएर ल्याएको एकिन नभएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *