खानेपानीका विषयमा पुन: प्रशासनको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ
नगर खानेपानी संस्थाद्धारा वितरित पानी अनियमित र दुषित भएको भन्दै जिल्लाका अगुवाले बिहीबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको ध्यानाकर्षण गराएका छन् ।

यसअघिका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराइए पनि अहिले प्रमुख जिल्ला अधिकारी फेरिएको हुनाले नयाँ प्रजिअलाई भेटेर पुनः ध्यानाकर्षण गराइएको अशोक गोविन्द राजभण्डारीले बताउनुभयो ।

राजभण्डारी, अधिकारकर्मी राम शर्मा लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई नगर खानेपानी संस्थाको अनियमितता, उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै पछिल्लो केही महिना देखी फोहोर लेदो पानी वितरण गरिरहेकोबारे ध्यानाकर्षण गराएका थिए । खानेपानी संस्थाले उपभोक्ताको घर–घरमा वितरण गरेको पानी पिउन मात्र नभएर नुहाउन, धुन समेत प्रयोग गर्न नमिल्ने, धारा र ट्याङ्की फोहोर जम्मा भएर विग्रिएको उनीहरुको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले उपभोक्ताका धारामा आएको अशुद्ध पानीको बारेमा आफु जानकार रहेको बताउनुभयो । यसका खानेपानी दैनिक जीवनका लागि अपरिहार्य र संवेदनशिल बिषय भएकाले शुक्रबारनै कार्यालयमा छलफलका लागि समेत बोलाइएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *