२० मजदुर परिवारलाई खाद्यान्न वितरण

आदर्श अनलाईन, बागलुङ

रिड नेपाल र विद्यामन्दिर पुस्तकालयले बिहीबार २० मजदुर परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण रोजगारी गुमाएर हात मुख जोर्न समस्यामा परेका बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गामा रहेका १२ मजदुर र बागलुङ बजार आसपासका ८ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको विद्यामन्दिर पुस्तकालयले जानकारी दिएको छ ।

मालढुङ्गा आसपामा बालुवा, ढुङ्गा निकाल्ने तथा नगरपालिकाको डम्पिङ साइडमा कवाडी संकलन गर्ने काममा खटिएका १२ मजदुर र बागलुङ बजारमा ज्याला मजदुर गर्ने ८ परिवारलाई प्रति परिवार एक बोरा चामाल, एक केजी दाल, चिनी र तेल वितरण गरेको विद्यामिन्दर पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माले जानकारी दिनुभयो । रिड नेपालले देशका २८ स्थानमा राहत वितरण गर्ने कार्ययोजना अनुसार रिड नेपालको २५ हजार र विद्यामन्दिर पुस्तकालयको १० हजार गरी ३५ हजार बराबरको खाध्यन्न राहत वितरण गरिएको हो ।

‘कोरोना भाइरसका कारण अत्यन्तै समस्यामा परेकालाई पहिचान गरी राहत वितरण गरेका हौं’ अध्यक्ष शर्माले भन्नुभयो ‘वितरण गरेको राहतले मजदुरको केही दिनलाई भएपनि चुलो बोल्नेछ ।’ कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा सहित समाजसेवी तथा पुस्तकालय प्रेमीले मजदुरहरुलाई राहत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै लक्ष्मी बाँस्कोटाले असली मजदुरहरुलाई राहत प्रदान गर्न पाउदा अत्यन्त खुसी भएको बताउनुभयो । कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष राम थापाको स्वागत तथा सचिव राम चन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *