थाइराइड रोग र बच्ने उपाय

जिवन शाक्य
आजभोली शहर वजारमा थाइराइड रोगको प्रकोप बढ्दै गइरहेको पाइन्छ । यसले गर्दा शरिरको मेटावोलिक वा दहन क्रियामा धेरै गडवडी भएर मुटुको धड्कन, गति र श्वास प्रश्वास गति, खाना पाचन क्रिया, शरिरमा शक्ति खर्च हुने क्रिया कम वा बढी भएर स्वास्थ्य समस्याका खतराका लक्षणहरु देखिने हुन्छ । कम थाइराइड हर्मोन निस्केर हुने समस्या (हाईपोथाईराडिज्म) अवस्था महिलाहरुमा बढी देखिन्छ र थाइराइड हर्मोन बढी निस्केर हुने समस्या हाइपरथाईराडिज्म वा थाईरोटक्सिकोसिस समाजमा कम देखिन्छ । थाईराइडले कलेजो, मुटु, मृगौला, पाचन क्रिया माशंपेशी,हड्डी सबै अंग र तन्तुहरुको सामान्य क्रियालाई ढिलो गतिको छिटो गतिको बनाई गडवड गर्ने भएकाले यो गम्भीर समस्या हो । यसको बेलैमा उपचार गरिहाल्नु आवश्यक छ ।

अमेरिकामा १२ वर्ष माथिका ४.५ प्रतिशत मान्छेहरु थाइराइड समस्याबाट पिडित छन् । यसको प्रकोप सबभन्दा बढी महिलाहरुलाई र ५५–६० वर्ष पछि बढी देखिन्छ । नेपालमा यसको प्रकोप कति छ सर्भे वा अनुसन्धान भएको छैन । तर,महिलाहरु बढी पिडित देखिन्छन्, पुरुषहरु जो कम शारिरिक व्यायाम गर्दछन्, उनीहरुमा पनि देखिएको छ ।

कारण कूनै पनि कारणले शरिरमा थाइराइड ग्रन्थी टि फोर वा टि थ्री कमी वा बढी उत्पादन भयो भने यो समस्या हुन्छ । आयोडिन पाइने आयोनुन वा आयोडिन पाइने समुन्द्री पानीमा उब्जेका तरकारी माछा आदि नखाने वा आयोडिन शरिरमा शोषण हुन नदिने खानेकुराहरु (ग्वाइट्रोजेनिक) खाएमा आयोडिन कमी हुने भई थाइराइड ग्रन्थी कम उत्पादन हुने समस्या हुन्छ । शरिरमा थाइराइड तन्तुलाई असर गर्ने एन्टिवडिज तत्व विभिन्न कारणले निस्केको अवस्थामा थाइराइड हर्मोन उत्पादन गर्न सक्दैन । यस्तो गर्भवती अवस्थामा हुन सक्छ, जसलाई आउटो इम्युन रोग भनिन्छ । बढी थाइराइड हर्मोन निस्कदा एक्स रे जस्तो रेडियसन, औषधि उपचार नमिल्दा र थाइराइडको अप्रेशन गरेर निकालिएको अवस्थामा पनि थाइराइड हर्मोनको कमी हुन्छ । भिटामिन डिको कमी लामो समय सम्म भयो भने पनि यो समस्या देखिन सक्छ । अन्न वोसोजन्य मासु, औद्योगिक खाने तेल वा घ्यू बढी तताएर, घरिघरि तताएर बढी खाने तर शारिरिक व्यायाम नगर्ने वा चाहिने भन्दा कम गर्ने सबैलाई थाइराईड हुने सम्भावना बढी हुन्छ । धेरै लामो समय सम्म मानसिक उदास वा चिन्ताको कारणले पनि थाइराइड हुन सक्छ ।

आयोडिन शोषण कम गराउने ग्वाईट्रोजेनिक खानाहरुः
वन्दागोपी, फुलगोपी, ब्रोकाउली, पालाको सागहरु, बजारमा पाइने बढी रिफायन औद्योगिक घ्यु,तेलहरुः त्यसमा पनि सोयविन तेल, दुध, टोफू, वदाम, भट्ट, काजु, पिनट, बढी गुलियोजन्य आलुहरु, सखर खण्ड, पालाको सागहरुको बढी प्रयोग । स्ट्रवेरिज फलफुल, कोदोको खाना बढी खाने गरेमा आयोडिनको शोषण आन्द्राबाट नभएर कमी हुन जान्छ । रिफायन औद्योगिक घ्यु,तेलहरुमा हाइड्रोजन आयोन मिसाइ ट्रान्सफ्याट बनाइएको हुन्छ, जसमा बढी विषजन्य पदार्थ हुन्छ र रगतनलीहरुमा वोसो जम्न गई अंगहरुमा रगत सञ्चालन कम गराएर काम गर्न दिदैन । साथै पाचन शक्ति विभिन्न इन्जायम र खनिज पदार्थ लगायत भिटामिनको पनि कम गराउँछ । शरिरका तन्तुहरुमा सुजन गराउँछ र सामान्य क्रियामा अवरोध पैदा गर्छ । जसले गर्दा शरिरमा इन्सुलिनले काम नगर्ने बनाउँछ ।

लक्षणहरुः
यो समस्या गर्भवती अवस्थामा पनि देखिन सक्छ । थाइराइड हर्मोनको धेरै कमी भएमा वाँझोपन हुने, गर्भपतन हुने, छिटो कम महिनामा बच्चा जन्मिने,मरेको बच्चा जन्मिने,बच्चा लाटो गाडो, पुड्को अपांगता भएको जन्मिन पनि सक्छ । कम मात्रामा थाइराइडको कमी भएको अवस्थामा सुस्त मनस्थिति, स्मरण शक्ति कम हुने सवै उमेर अवस्थामा हुन सक्छ, देखिने वा नदेखिने गाँड हुन सक्छ । थाइराइड हर्मोनको उत्पादनको मात्रा शरिरमा कमी भए अनुसार लक्षणहरु देखिने हुन्छ । जसमा शरिर मोटाउने, तौल बढ्ने, खाएको कुरा शक्तिमा परिवर्तन नभएर शरिर फुर्तिलो नहुने, काम गर्न जाँगर नलाग्ने, अल्छि लाग्ने, थाक्ने, जाडो गर्मी बढी लाग्ने, रौ झर्ने, नङ पातलो हुने, अनुहार फुलेको जस्तो, जोर्नीहरुको दुखाई हुने, दिशा कब्जियत बढी हुने, काम गर्दा श्वास फुल्ने, गरी मुटु रोगको समस्या पनि हुन्छ । साथै निराशा र उदासको भाव हुने, चिडचिडापन हुने, स्मरण शक्ति कम हुने समस्या र गलगाड हुन सक्छ । बढी जाडो या गर्मी बढी महशुस हुने, बच्चा बढ्न नसक्ने, थाक्ने, रौ पातलो हुने, झर्ने आदि समस्या हुने वित्तिकै चिकित्सककहाँ जानु पर्छ । महिलाहरुमा महिनावारी पनि ढिलो हुन्छ, कम रगत बग्ने वा कहिले धेरै बग्ने पनि हुन सक्छ ।

उपचार वा रोकथामका उपायः
 प्रयोगशालामा बनाएको थाइराइड हर्मोनको औषधिले तुरुन्तै असर कम गर्छ । यो अन्य औषधि सँग खानु हुँदैन र खाली पेटमा खानु पर्छ । खाना पनि एक घण्टा पछि मात्र खानु पर्छ । तर, यसले शरिरको हर्मोन बनाउने कामलाई रोक्ने हुनाले जिन्दगीभर खानु पर्छ । यो अस्थायी समस्या समाधान मात्र हो । स्थायी समाधानको लागि निम्न उपायहरु अपनाउनै पर्छ ।
 आयोडिन कम गराउने खानाहरु कम खाने ।
 आयोडन नुन सलाड, चटनी अचारमा राखेर खाने गर्दा यो समस्या हुँदैन । दाल र तरकारीमा आयोडिन पाउन सेलाएको अवस्थामा आयोनुन राखेर खानु पर्छ ।
 विहान खाली पेटमा दाल चिनी राखेको चिनी नहालेको चियाले औषधिको काम गर्छ । त्यस्तै पानीमा वेसार र कालो मरिच राखेर पकाएको पानी विहान खाँदा पनि औषधिको काम गर्ने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
 यस बाहेक शारिरीक ब्यायाम, प्रणायाममा कपाल भाटी र अन्लोम विन्लोम १५ मिनेट सम्म, सन्तुलित खाना, गेडागुडीहरु टुसा उमारेको र फलफुलहरु खानु फाइदाजनक हुन्छ । दाँते ओखरले पिष्टा वदमहरु किसमिस आदिले फाइदा गर्छ ।
 खाने तेलहरु बढी तताएर, खराएर खानु हुँदैन यसले खाना पचाउन दिदैन । धेरै खनिज पदार्थ, भिटामिन, प्रोटिनको कमी गराउन सक्छ ।
 लामो समय सम्म भिटामिन डिको कमी गराउनु हँुदैन जुन बढे सँगै मोटो मान्छेहरु विशेषगरी महिलामा बढी देखिन्छ । जसले गर्दा मुड बिग्रिने चिन्ता बढ्ने भएर पनि आयोडिन कमी भई हर्मोन उत्पादनमा समस्या बढ्न सक्छ ।
 सजगता र सकारात्मक स्वभाव बढाएर पाचन शक्ति बलियो बनाउन योगा, ध्यान पनि आवश्यक हुन्छ ।
 गर्भवती अवस्थामा थाइराइड नहोस् । यसका लागि परिवारवाट खानपान र सकारात्मक ब्यवहार र सहयोग आवश्यक हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *