तनहुँको भानु नगरपालिकामा जनप्रतिनिधि र निर्माण व्यवसायीमा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, तनहुँ
तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकाको वडा नम्बर २ र ४ का ३० र ६१ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भानुमा २ जना नयाँ संक्रमिति थपिएका हुन् ।

शनिबार थपिएका संक्रमित भानु-४ का जनप्रतिनिधि र भानु-२ आएका चितवनका एक निर्माण व्यवसायी रहेको भानु नगरपालिकाका जनस्वास्थ्य अधिकृत ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिए ।

‘दुबै जना संक्रमित हाम्रो सम्पर्कमा छन ।’ अधिकृत भट्टराईले भने ‘ आइसोलेसन लैजाने तयारी हुँदैछ ।’

साउन २६ गते सोमबार भानु नगरपालिका–१ का ३४ वर्षीय स्थानीय कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

समुदायमा संक्रमित भेटिएपछि गत साउन २७ गते मंगलबार १२२ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब नमुना संकलन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *