निसीखोला वडा नम्बर ३ र ५ मा पहिरोमा पुएिर ३ जनाको मृत्यु

डम्मर बुढा मगर, बागलुङ
बागलुङको निसीखोला गाउँपालिकामा विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ कारीगाउँमा स्थानीय हिराबहादुर विकको घर पुरिँदा उनको १३ वर्षीय छोरा विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको ज्यान गएको छ भने वडा नम्बर ३ को धारखर्कमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।


घरमाथिबाट आएको पहिरोका कारण स्थानीय जुठे कामीकी ७२ वर्षीया श्रीमती वली कामीको मृत्यु भएको निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए
रातको समयमा पहिरो झर्दा पुरिएको बताइएको छ ।

फोटा कुम्बिर विक/रिमप्रसाद पौडेल निसीखाेला

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *