रेष्टुरेन्ट व्यवसायी भट्टराई तीन साता पछि मृत अवस्थामा फेला

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजारमा लामो समयदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएका रामचन्द्र भट्टराई मृत अवस्थामा फेला परेका छन् ।

उनको शुक्रबार मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ओखलढुंगाबाट २० वर्ष अघि बागलुङमा आएर यहाँको होटल व्यवसायमा दक्ष कुकको परिचय बनाउनु भएका भट्टराईले पछिल्लो केही वर्ष यता परिवारका साथमा आफै गौरी शंकर रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।

४४ वर्षीय भट्टराईको ढोँडेनीघाटमा शव भेटिएको प्रहरी निरिक्षक दिपक रिजालले आदर्श अनलाइनलाई जानकारी दिए । भट्टराई विगत तीन हप्तादेखि बेपत्ता हुनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *