विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा वृक्षारोपण र सरसफाई

आदर्श अनलाइन, बागलुङ
विद्युत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बागलुङ वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ ।

विद्युत प्राधिकरण बागलुङ शाखाको संयोजनमा एक गते बागलुङ नगरपालिका वडा नम्बर ३ पावर हाउस परिसरमा फलफूलका विरुवा रोपिएको छ भने कार्यलय परिसरमा सरफलाई गरिएको छ ।

पावर हाउसको खाली जग्गामा ६० वटा विभिन्न फलफूलहरुको विरुवा रोपिएको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले जानकारी दिनुभयो ।

प्राधिककरणले हरेक वर्ष भाद्र १ गते वार्षिकोत्सव मनाउँदै आएको छ । कर्मचारीहरुले कार्यालय वरपर सामाजिक दुरी कायम गरेर सरसफाई कार्यक्रम गरेको प्रमुख गोशालीको भनाई छ ।

वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदै आए पनि यस वर्ष कोरोना महामारीका कारणले गर्दा फरक तरिकाले मनाउने उहाँको भनाई छ ।

‘गयका वर्षहरुमा वार्षिकोत्सव धुमधामका साथ मनाइन्थ्यो अहिले कोरोनाको कारणले गर्दा फरक तरिकाले मनाउने योजना बनायौँ’ उहाँले भन्नुभयो ‘सोही अनुरुप कार्यालय परिसरद सरसफाई र वृक्षारोपण गरेका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *