बागलुङमा कन्ट्याक्ट ट्रेसिङमा परेका एक महिलामा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ

जिल्लामा कोरोना संक्रमित संख्या बढ्दै गए पछि कन्ट्याक्ट ट्रेसिङबाट स्वाब लिइएका एक महिलामा कोरोना देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा बागलुङ नगरपालिका–२ की ३८ बर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोन विन्दु शर्माले जानकारी दिए ।

यसअघि कोरोना संक्रमित देखिएकाको सम्पर्कको आधारमा स्वाब लिइएको र परिक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । खनालका अनुसार, संक्रमित महिलाका श्रीमान र दुई छोराछोरीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

यसले अब बिस्तारै कोरोना समुदाय स्तरमा फैलिदै गएको आशंकामा बल मिलेको छ । यद्यपी यसअघि समुदाय स्तरमा गरिएको २ सय ५६ जनाको परिक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *