४ किलोमिटर गोरेटो बाटो मर्मत

थम्मन थापा, गलकोट
गलकोट नगरपालिका ७ मल्म दाग्दीखोलादेखि वडा नम्बर ११ रिघा गोठलाङसम्मको गोरेटो बाटो मर्मत सम्भार गरिएको छ ।

भर्याङ सामुदायिक वन उपभोक्ता समूह गलकोट नगरपालिका ७, १० र ११ का उपभोक्ताहरूको जनश्रमदान मार्फत झण्डै ४ किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो ।

भर्याङ सामुदायिक वनको सक्रियतामा प्रत्येक वर्ष हरितालिका तीजको पूर्व सन्ध्यामा उक्त गोरेटो बाटो मर्मत सम्भार गरिँदै आएको सामुदायीक वन उपभोक्ता समितिका सचिव छममाया पुन काउचाले जानकारी दिनुभयो ।

साविकको पाण्डवखानी, रिघा र मल्म गाविसका विभिन्न वडा बाट गरी ४५ जना स्थानीयको सक्रियतामा उक्त कार्य सम्पन्न गरिएको सचिव काउचाले बताउनुभयो । बर्खायाम सँगैको निरन्तरको वर्षाले गोरेटो बाटोको ठाउँ ठाउँमा बनेका खाल्डा खुल्डी मर्मत सँगै झाडी समेत सफाई गरिएको बताइएको छ ।

गोरेटो बाटो मर्मत गरे सँगै साविकका ३ गाविस रिघा, पाण्डवखानी र मल्मका स्थानिय बासिन्दालाई पैदल यात्रा गर्न सहज भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *