बागलुङमा आजदेखि यातायातमा फेरी जोर बिजोर प्रणाली

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

कोरोना जोखिम बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालयले बागलुङ जिल्ला भित्र सञ्चालन हुने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु गरेको छ ।

शनिवार सूचना जारी गर्दै प्रशासनले गए राति १२ बजेदेखि लागु हुने गरी यस्तो सूचना जारी गरेको थियो ।

अर्को सूचना नभए सम्मका लागि अत्यावश्यक बाहेकका निजी तथा भाडाका सवारी साधन (दुई पांग्रे समेत) सबै सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न आग्रह गरेको छ ।

जोर बिजोर प्रणालीमा जोर गते जोर नम्बर प्लेट भएका र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । वडा अध्यक्षमा कोरोना संक्रमण भेटिए पछि जिल्लाको बडिगाड गाउँपालिका भने शिल गरिएको छ । यहाँ सार्वजनिक सवारी, बजार सबै बन्द गरिएको छ । बडिगाड भएर जाने आउने लोकमार्गको रुटमा भने बीचमा यात्रु राख्न र झार्न नपाइने गरी सिधा सञ्चालन गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *