पोखरा-बागलुङ राजमार्गको पर्वतमा सडक भासियो

आदर्श अनलाइन, पर्वत

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ। ्

लोकमार्ग अन्र्तगत पोखरा–बागलुङ राजमार्गको पर्वत सदरमुकाम कुस्मा नजिकै वडा नं। ७ फलामखानीमा सडक भासिएको हो।

पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर सवारी सञ्चालनमा ल्याइएको छ । कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो। झण्डै एक सय मिटरभन्दा बढी भाग भासिएपछि अहिले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ।

सडकको छेउबाट मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सडक मर्मत गर्न लामो समय लाग्ने भएकाले अहिलेलाई भासिएको ठाउँमा बार लगाएर कुनापट्टिबाट एकतर्फी सवारी साधन सुचारु गरिएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।

सडक भासिएपछि सदरमुकाम कुश्मासँगै छिमेकी जिल्ला म्याग्दी, बागलुङ र मुस्ताङबाट छुट्ने सवारीसाधनले पालो कुरेर बाटो काट्नुपर्ने भएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *