गण्डकी प्रदेशमा आज १५ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा आइतबार बिहान थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै गण्डकी प्रदेशमा अहिले सम्म कुल संक्रमित संख्या १ हजार ७ सय १८ पुगेको छ । जस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

कास्कीका १० जना र तनहुँका ५ जनामा कोरोन संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५१ र ५२ बर्षिय पुरुष, वडा नम्बर ३२ मा ८६ बर्षिय महिला, वडा नम्बर २८ मा ३८ बर्षिय पुरुष, वडा नम्बर २६ मा ५३ बर्षिय पुरुष पुरुषमा कोरोना देखिएको शर्माले बताए । त्यसैगरी वडा नम्बर ५ कि ३३ बर्षिय एक महिला, वडा नम्बर १६ मा २२ र ३० बर्षिय पुरुष, २२ र ५० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए । यो सगँ कस्कीमा २ सय १८ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, तनहुँको भानुका ३० बर्षिय पुरुष, व्यासका ९ बर्षिइ बालक रहित ४० बर्षिय पुरुष, १३ बर्षिय बालिका सहित ३६ बर्षिय महिलामा संक्रमण देखिएको छ । तनहुँमा यो सगँै संक्रमित संख्या २ सय १७ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *