लापरवाहीले फर्किदै, फैलिदै कोरोना !

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) का कारण पछिल्लो पाँच महिनादेखि देश आक्रान्त छ । मानिसहरु आफ्नो नियमित दैनिकी र सपनाबाट बिचलित अवस्थामा छन् । दैनिक कोरोना संक्रमित संख्या बढ्दो ग्राफमा छ । यो सिंहदरबार भएको राजधानी काठमाण्डौंलाई समेत थर्कमान बनाएको छ । अनि उसैगरी गाउँ–गाउँको सिहंदरबार भएका ठाउँहरु सम्म कतै ठुलो संक्रमित संख्याको रुपमा त कतै संक्रमणको भयले ग्रस्त बनाएर मानिसहरुलाई अनिश्चितता तर्फ मोडिरहेको छ । र आजको दिन सम्म कसैले पनि यो कोरोना संक्रमणको भयावह कहिले अन्त्य हुन्छ ? एकिनका साथ भन्न सक्ने अवस्था छैन । एकिन गर्न त टाढाको कुरा, नाम कहलिएका बैज्ञानिहरुका दाबी पनि यतिबेला फिक्का सावित भइरहेका छन् । रुस, बेलायत लगायतका देशले खोप बनेको दावी गरिरहेका छन् । तर, अझै बिश्वस्त बन्न सक्ने प्रयाप्त आधारहरु देखिएका छैनन् ।

नेपालमा कोरोना भयावह गत वर्षको चैत्र पहिलो सातादेखि शुरु भयो । जब कि छिमेकी देश चीन र भारतमा त्यसअघिनै भयावहको रुप लिइसकेको थियो । दैनिक सयौको संख्यामा ज्यान गुमाइरहेको खबरहरु आइरहन्थ्यो । संक्रमित दर पनि दोब्बर तेब्बरको संख्याको दैनिक बढ्दथ्यो । लामो समय सम्म नेपालमा कोरोना भाइरस नदेखिदाँ सुरक्षित र रोकथाम गर्न सफल भएको दावी गरिएको थियो । तर, बिडम्बना ! चैत्र पहिलो साता कतार एयरवेजको बिमानबाट नेपाल फर्किएकाहरुमा कोरोना संक्रमण देखियो । त्यसपछि एक अकंमा बढ्ने क्रम रह्यो । एक डिजिटमै केही महिना सम्म रह्यो । जतिबेला पनि संक्रमण नियन्त्रण, रोकथाम नै भएको जिकिर र विश्वास ग¥यौ । दिन वित्दै गयो, महिना थपिदै थियो । भारतले लकडाउनका बीच रेल खुल्ला गरेर नेपालीहरुलाई सीमानामा ल्याएर छोडिदिए पछि नेपालीसँगै कोरोना संक्रमण भित्रिने क्रम बढ्यो । यो क्रम जिल्ला जिल्ला, गाउँ गाउँ आएर क्वारेन्टिनमा १४ देखि महिना दिन बस्दा सम्ममा ठुलो संख्यामा देखियो ।

अहिले क्वारेन्टिन रित्तिएर संक्रमित घट्यो र अब कोरोना रोकथाम, नियन्त्रण उन्मुख छ भन्ने आशा पलाउदै थियो । तर, लकडाउन खुलाए पछिका अवस्था, घटना र परिदृश्यले कोरोना नियन्त्रण उन्मुख छ भन्ने पटक्कै संकेत गर्दैन । किनकी नियमित दैनिकीमा फर्किने नाममा नागरिक स्तरबाट लापरवाही पनि बढ्यो । बिना मास्क बजार र यात्रा गर्नेहरुको संख्या अधिक देखियो । अरु स्वास्थ्य सुरक्षा आत्मसाथ गर्ने, राज्यले बनाएको नीति, नियम र निर्देशन पालना गर्ने सवालमा पनि सरकारका लागि गरिदिने जस्तो ठान्यौ । भलै यसबीच तीन तहका सरकार यथेष्ट योजना, तयारी र व्यवस्थापनका साथ लकडाउन खुलाए पछिको स्वास्थ्य सुरक्षा सतर्कतामा पनि चुक्यो । अन्ततः फेरी सरकार र हामी आम नागरिकको लापरवाहीकै कारण कोरोना संक्रमणकोे भयावह बढ्दो छ । अब सरकार विगतका आफ्ना कमजोरीबाट पाठ सिकेर थप जिम्मेवार बन्नुपर्छ । र आम नागरिक पनि स्वयम् स्वास्थ्य सुरक्षा, सचेत बन्ने तर्फ संवेदनशिल बन्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *